सानोठिमी क्याम्पसमा अखिल (क्रान्तिकारी) को इकाई समिति

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले संगठन विस्तार अभियान जारी राखेको छ ।

सोही क्रममा क्रान्तिकारी विद्यार्थीको सानोठिमी क्याम्पसमा खेमराज पोख्रेलको अध्यक्षतामा इकाई समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा रविन सिवाकोटी, सचिवमा अक्कलबहादुर श्रेष्ठ, सहसचिवमा होमबहादुर राना, कोषाध्यक्षमा प्रतिमा वेली रहेका छन् ।

यसैगरी सदस्यहरुमा सन्तोष कुमार घिमिरे, प्रेम कुमार कार्की, सुमन माझी, सुशील राई, सुशीला लामा, उत्तम बस्नेत, लक्ष्मी सिवाकोटी, विष्णु श्रेष्ठ, प्रेम केसी, नारद विष्टलगायत रहेका छन् ।