अखिल (क्रान्तिकारी) काभ्रे र रुपेन्देहीको जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) काभ्रे र रुपेन्देहीको जिल्ला भेला सम्पन्न

बनेपा । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को काभ्रे जिल्ला भेला सम्पन्न भएको छ ।

काभ्रेको बनेपामा सम्पन्न भेलाबाट हरिबोल श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा उत्तम विक, सचिवमा राम रिजाल र कोषाध्यक्षमा कल्पना लामासहित २१ सदस्य रहेका छन् ।

जिल्ला भेलामा क्रान्तिकारीका केन्द्रीय सहसंयोजक राम नेपाली, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कान्छामान तामाङ, केन्द्रीय सदस्य तथा जिल्ला सचिव सोमानसिंहद तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला संयोजक गोपाल घिमिरे, अखिल (क्रान्तिकारी) ताम्सालिङ राज्य इन्चार्ज शिलु न्यौपानेलगायत सहभागी थिए ।

उता, नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) को रुपन्देही जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ ।

भेलाले सुमन न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलाले जिल्लाका सात वटै निर्वाचन क्षेत्रमा विद्यार्थीको क्षेत्रीय इन्चार्ज तोक्दै यही माघ २४ र २५ गते हुने राष्ट्रिय भेलामा रुपन्देही जिल्लाबाट प्रतिनिधि एवं पर्यवेक्षक समेत चयन गरेको क्रान्तिकारी रुपन्देहीका निर्वतमान अध्यक्ष एवं भैरहवा बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति मोजीव अलीले जानकारी दिए ।

भेलामा नेकपा (क्रान्तिकारी माओवादीका) केन्द्रीय सदस्य अशोक लम्साल ‘अनुकुल’, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य केजी पौडेललगायतले शुभकामना दिएका थिए ।