‘महत्वपूर्ण विषयहरुलाई राम्ररी पक्ड, पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाऊ’

‘महत्वपूर्ण विषयहरुलाई राम्ररी पक्ड, पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाऊ’

पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाउन सबै तहका पार्टी कमिटीहरुले पार्टीको आधारभूत कार्यदिशालाई आनो प्रस्थानविन्दुको रुपमा ग्रहण गर्नु पर्दछ र महत्वपूर्ण विषयहरुलाई राम्ररी पक्डिनु पर्दछ । महत्वपूर्ण विषयहरुलाई राम्ररी पक्डिनु भनेको प्रधान अन्तरविरोधलाई पक्डिनु पर्दछ भनेको हो । अध्यक्ष माओले औल्याउनु भएको छ, “दुई वा दुई भन्दा बढी अन्तरविरोधहरु भएका जटिल प्रक्रियाको अध्ययन गर्दा हामीले प्रधान अन्तरविरोधलाई पत्तालगाउने कुरामा पुरा प्रयास गर्नु पर्दछ । प्रधान अन्तरविरोधलाई पक्डिए पछि सबै समस्याहरु छिटै समाधान गर्न सकिन्छ ।” (११७)

समाजवादको ऐतिहासिक अवधिभरि सर्बहारा तथा पुँजीपतिवर्ग र समाजवाद तथा पूजीवादका बीचको संघर्ष हाम्रो देशको प्रधान अन्तरविरोध हो । त्यसकारण, महत्वपूर्ण प्रश्नहरुलाई पक्डिनुको अर्थ दुई वर्ग, दुई बाटा र दुई कार्यदिशाका बीचको संघर्षलाई पक्डिनु हो र यी महत्वपूर्ण प्रश्नहरुलाई पक्डिनुको अर्थ प्रधान अन्तरविरोधलाई पक्डिनु हो ।
अत्यन्त जटिल क्रान्तिकारी काममा सबै कुराको नेतृत्व गर्ने पार्टीले हो । पार्टीको केन्द्रीकृत नेतृत्व लागु गर्न पार्टी कमिटीहरु मूलतः वर्ग संघर्ष तथा दुई–लाईन संघर्षको वरिपरि केन्द्रित हुनु पर्दछ । यस्तो किन हो भने, सर्बहारा वर्गको अधिनायकत्व अन्तर्गत वर्ग संघर्ष तथा दुई–लाईन संघर्ष वस्तुतः सबै क्षेत्र, मोर्चा र संस्थाहरुमा रहन्छन् र तिनीहरुबाट अलग रहन संभव छैन । क्रान्तिकारी उद्देश्यका निमित्त निर्णायक महत्वका आधारभूत प्रश्नहरु — वर्गसंघर्ष र दुई–लाईन संघर्षलाई पक्डेर मात्र पार्टी कमिटीहरुले सबै स्थितिमा समझदार बन्न, सबै काममा सर्बहारावादी राजनीतिक दिशाको पालना गर्न, विभिन्न खाले “वाम” वा दक्षिणपंथी गलत प्रवृत्तिहरुले पैदा गरेका झमेलाको सामना गर्न, पार्टीका आधारभूत कार्यदिशा तथा सिद्धान्तहरुलाई दृढतापूर्वक लागुगर्न र सर्बहारा वर्गको अग्रदस्ताका हैसियतले संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नेछन् ।

पार्टी कमिटीहरुका लागि यी महत्वपूर्ण प्रश्नहरु पक्डिन सक्ने हुन तिनीहरुले आनो क्षेत्र र संस्थानमा निरन्तर र ध्यानपूर्वक आधारभूत वर्ग संबन्धलाई विश्लेषण गर्नु पर्दछ, वर्ग शक्तिहरुको संबन्धको स्थिति र वर्ग संघर्ष तथा दुई–लाईन संघर्षका नयां प्रवृत्तिहरुलाई समय मै आत्मसात गर्न सक्नु पर्दछ । अध्यक्ष माओले हामीलाई सिकाउनु भएको छ कि हामीले “राजनीतिक परिस्थितिको विश्लेषण गर्दा र वर्ग शक्तिहरुको मूल्यांकन गर्दा माक्र्सवादी–लेनिनवादी विधी लागु गर्न” सिक्नु पर्दछ । (११८) समाजवादी कालमा वर्ग संघर्ष जटिल हुन्छ र लामो समय चल्छ । साथै यसले दुश्मन र हाम्रा बीचमा र जनताका बीचमा रहने अन्तरविरोधहरुलाई समेटछ र यी अन्तरविरोधहरु एक आपसमा जेलिएका हुनाले तिनीहरुलाई सजिलो गरी छुट्याउन गाह्रो हुन्छ । यो स्थितिमा, क्रान्ति र निर्माणमा ठू–ठूला विजय प्राप्त गर्नका निम्ति समाजमा रहेका आधारभूत वर्ग संबन्धलाई बुझेर र गहिरो विश्लेषण गरेर मात्र वर्ग संघर्षका वस्तुगत नियमहरुलाई पक्डिन, पार्टीको आधारभूत राजनीतिक कार्यदिशा तथा सिद्धान्तहरुलाई सही ढङ्गले लागुगर्न, यी दुईथरी अन्तरविरोधहरुलाई छुट्याउन हाम्रा सच्चा मित्रहरुलाई एकतावद्ध गर्न र वास्तविक दुश्मनलाई आक्रमण गर्न संभव हुन्छ ।

पार्टी कमिटीहरु महत्वपूर्ण प्रश्नहरुलाई पक्डिनसक्ने हुनका लागि तिनीहरुले सबै काममा सर्बहारावादी राजनीतिलाई कमाण्डमा राख्नु पर्दछ, अतिआवश्यक तथा सामान्य प्रश्नहरु, राजनीतिक तथा व्यावशायिक, क्रान्ति र उत्पादन, लाल तथा निपूणका बीचको संबन्धलाइ ठीक ढङ्गले परिचालन गर्नु पर्दछ र सही वैचारिक तथा राजनीतिक कार्यदिशाले नेतृत्व गर्ने कुरालाई सुनिश्चित गर्नु पर्दछ । महत्वपूर्ण प्रश्नहरुलाई आत्मसात गर्नुको अर्थ तिनीहरुलाई सबभन्दा अगाडि राख्नु र तीनलाई पार्टी कमिटीका मिटिङ्गहरुमा महत्वपूर्ण प्रश्नका रुपमा कार्यसूचीमा संलग्न गर्ने हो । यसको अर्थ तिनीहरुले अरु कामलाई पन्छाउन वा ती काम अगाडि बढाउने कुराको महत्वलाई ईन्कार गर्न सक्छन भन्ने होईन बरु तिनीहरुलाई उचित स्थान दिनु पर्दछ भन्ने हो । उदाहरणका निमित्त, समाजवादी अर्थतन्त्रको विकास गर्नु र औद्योगिक तथा कृषी उत्पादनको नेतृत्व गर्नु महत्वपूर्ण कार्यभारहरु — समाजवादी अवधी भरीका कार्यभारहरु हुन र तिनीहरुलाई राम्ररी सम्पादन गर्नु पर्दछ । तर, तुलनात्मक रुपले हेर्दा वर्ग संघर्ष र दुई–लाईन सघर्षलाई सफलतापूर्वक संचालन गर्ने काम पहिलोमा र उत्पादनको काम दोस्रोमा आउंछ । जस्तो लेनिनले औल्याउनु भएको थियो, “अर्थनीति भन्दा राजनीति प्राथमिकतामा पर्दछ । अन्यथा तर्क गर्नु माक्र्सवादको कखरालाई विर्सनु हो ।” (११९) यसरी महत्वपूर्ण विषयहरु र अन्य कामहरुका बीचमा मातहतको संबन्ध रहन्छ । हामीले दुबैलाई एउटै धरातलमा राख्न सक्दैनौ, तिनलाई उल्टाउन त झनै सक्दैनौ । त्यसमाथि, उदाहरणको लागि उत्पादनको मोर्चामा यो कुन विचारले निर्देशित छ, यसले कुन दिशा पक्डेको छ र कुन बाटो तिर जांदै छ भन्ने प्रश्न रहन्छ, अर्थात यहां पनि कार्यदिशाको प्रश्न आउंछ । यदि हामीले वर्ग संघर्ष र दुई–लाईन सघर्षलाई ख्यालै नगरी उत्पादनमा मात्र लाग्यौ भने, यदि हामीले सर्बहारावादी राजनीतिलाई एकातिर थन्क्याएर उत्पादनका निमित्त मात्र उत्पादनमा लाग्यौ भने यसले उत्पादनलाई अगाडि बढाउन असंभव हुने मात्र होईन बरु हामीले हाम्रो दिशा नै बिर्सने खतरा रहन्छ, जुन अत्यन्त डरलाग्दो हुन्छ ।

केही कमरेडहरुले महत्वपूर्ण प्रश्नहरुलाई आत्मसात गर्ने कुराको महत्वलाई पर्याप्त रुपमा बुझ्नु हुन्न । वहांहरुले “आफैले महत्वपूर्ण प्रश्नहरु संग चासो नदेखाउनु नोकरशाही प्रवृत्ति देखाउनु जस्तै हो र यो त्यत्ति गंभीर त्रुटी होईन” भन्ने दावी गर्नु हुन्छ र वहांहरुले मान्नु हुन्छ कि “महत्वपूर्ण विषयहरुमा चासो राख्ने कुरा खतरनाक हुन्छ, सहायक विषयहरुमा लाग्नु सुरक्षित हुन्छ ।” विषयलाई यसरी हेर्ने कुरा नितान्त गलत हो । “उत्पादक शक्तिको सिद्धान्त”लाई अघि सार्ने लिन पियाओ र उसको गुटले “राम्रो खेतीपाती गर्नु किसानहरुको राजनीति हो र मजदुरहरुको राजनीति राम्रोसंग काम गर्नुे हो” भन्ने दावी गर्दथे । तिनीहरुको आपराधिक उद्देश्य पूजीवादको पुनस्र्थापनाका निम्ति सर्बहारा वर्गको अधिनायकत्वलाई मिल्काउनु थियो । यसरी, हामीले हाम्रो समयलाई खास साना प्रश्नहरुमा वितायौं भने, वर्ग संघर्ष तथा दुई–लाईन सघर्षलाई देख्छौं तर गहिरोगरी हेर्दैनौं भने र सुन्छौं तर गहिरोगरी ध्यान दिन्नौं भने हामीले धोका पाउने खतरा रहन्छ र धेरै समय पछि अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशाबाट विचलित हुने, पार्टी तथा जनताका उद्देश्यहरुमा नोक्सान पुग्ने र पूजीवादको पुनस्र्थापना गर्न चाहने वर्ग दुश्मनकालागि अनुकुल अवसर दिलाउने खतरा रहन्छ । हामीले यसलाई एक प्रकारको “नोकरशाही प्रवृत्ति”को अभिव्यक्ति मात्र हो भनी कसरी भन्न सक्छौं ? हामीले बुझ्नु पर्दछ कि कार्यदिशा सही छ कि छैन भन्ने नहेरीकन हामीले उत्पादनमा मात्र ध्यान दियौं भने, अनि संशोधनवाद सत्तामा आयो भने र त्यसले पार्टी तथा राज्य कव्जा ग¥यो भने त्यतिबेला मात्रा र गुण दुबै हिसाबले  उत्पादनमा बृद्धि भए पनि त्यसको फल जमिन्दार र पूजीपति वर्गले खोस्ने छ र यसले संशोधनवाद तथा पूजीवादका निमित्त भौतिक आधार तयार पार्ने छ । सोभियत संघमा ख्रुश्चोभ–ब्रेजनेभ गुट सत्तामा पुगे पछि तिनीहरुले समाजवादी देशलाई सामाजिक साम्राज्यवादी देशमा बदलेका छन्, तिनीहरुले “आकाशमा उपग्रह छाडेका छन् तर रातो झण्डालाई भुईमा गिराएका छन” यो हाम्रोलागि एउटा गंभीर पाठ हुनु पर्दछ । यसकारण, हामीले महत्वपूर्ण विषयहरु — वर्ग संघर्ष र दुई–लाईन सघर्षमा चासो राखेनौ भनें, हामीले पार्टीको कार्यदिशा विस्र्यौं भने त्यतिबेला हामी अनिवार्यतः संशोधनवादमा पुग्ने छौं । हामीले यसलाई “खतरा छैन” र “यो गंभीर भूल होईन” भनी कसरी भन्न सक्छौं ?

यो सबैबाट हामीले देख्छौं कि पार्टी कमिटीहरुले महत्वपूर्ण प्रश्नहरुलाई आत्मसात गर्छन कि गर्दैनन् भन्ने कुरा सोच्ने र कामगर्ने तरीकासंग संबन्धित प्रश्न मात्र होईन, बरु यो त सिद्धान्तको मौलिक प्रश्न – उन्मुखीकरण र कार्यदिशासंग जोडिएको प्रश्न हो । पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाउन पार्टी कमिटीहरुले सधैं जुनसुकै परिस्थितिमा पनि पार्टीको आधारभूत कार्यदिशालाई दिमागमा राख्नु पर्दछ र वर्ग संघर्ष तथा दुई–लाईन सघर्षको महत्वपूर्ण प्रश्नलाई गंभीरतापूर्वक ग्रहण गर्नु पर्दछ । कामहरु भारी भए पनि महत्वपूर्ण प्रश्नहरु छुटेका छैनन् भन्ने कुरालाई तिनीहरुले सुनिश्चित गर्नु पर्दछ र काम धेरै छ भने तिनीहरुलाई समय दिनु पर्दछ । तिनीहरुले आनो चेतनाको स्तरलाई निरन्तर उठाईराख्नु पर्दछ र जहांसम्म महत्वपूर्ण कुराहरुलाई आत्मसात गर्ने कुरा छ दशौं महाधिवेशनले दिएका जुझारु कामहरुलाई अझ राम्रोगरी पुरागर्न प्रयत्न गर्नु पर्दछ ।