काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले वेस्टह्याम युनाईटेडलाई पराजित गरेको छ ।
वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा सिटीले वेस्ट ह्यामलाई ४–० ले पराजित गरेको हो ।
खेलमा सिटीको जितमा केभिन डे ब्रायन, डेभिड सिल्भा, ग्याब्रिएल जिसस र याया टुरेले एक–एक गोल गरे ।
बुधबारराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले भने हल सिटीसँग गोलरहित बराबरी खेलेको छ । यसैगरी स्टोक सिटीले एभर्टनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
रातिका खेलपछि पनि प्रिमियर लिग फुटबलमा २३ खेलबाट ५६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ भने समान खेलबाट समान ४७ अंक जोडेको टोटनह्याम र आर्सनल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
चौथो स्थानमा रहेको लिभरपुल र पाँचौ स्थानमा रहेको सिटीको पनि समान ४६ अंक छ । यस्तै छ्रैठौं स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडको ४२ अंक छ ।