
एजेन्सी । ह्वाइट हाउसले बेलायती प्रधानमन्त्री ‘थेरेसा मे’ को नामको स्थानमा पोर्न स्टार तथा चर्चित पोर्न स्टार ‘टेरेसा मे’ को नाम लेखेको छ ।
यो गल्ती एक पटक नभएर तीन पटकसम्म भएको छ ।
ह्वाइट हाउसले बेलायती प्रधानमन्त्री थेरेसा मेको नाम तीन–तीन पटक गलत लेखेपछि एक पोर्न स्टारसँग मेल खान गएको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा रहेको एक कर्मचारीले गत शुक्रबाट द्विपक्षीय वार्तासँग जोडिएको दस्तावेजमा थेरेसा मेको नाममा ‘एच’ लेख्न भुलेका हुन् ।
ह्वाइट हाउसका प्रेस सचिवको कार्यालयले जारी गरेको दैनिक कार्यक्रममा लेखिएको थियो, ‘राष्ट्रपतिले बेलायती प्रधानमन्त्री ‘टेरेसा मे’ सँग द्विपक्षीय बैठकमा भाग लिने ।’
खासमा बेलायती प्रधानमन्त्रीको नाममा ‘टी’ पछि ‘एच’ लेखिने भएपनि लेख्ने व्यक्तिले ‘एच’ लेख्न भुलेका थिए । त्यसपछि अर्को पटक पनि राष्ट्रपति ट्रम्पले लन्चका क्रममा प्रधानमन्त्री टेरेसा मेसँग कुराकानी गर्ने कार्यक्रम छ भनेर लेखिएको थियो ।
उपराष्ट्रपति कार्यालयले जारी गरेको नोटमा पनि सोही गल्ती दोहोरिएको हो । टेरेसा मे एक पूर्व मोडल तथा पोर्न स्टारको नाम हो । ५० वर्षीय टेरेसा मेको नाम गत वर्ष प्रधानमन्त्री चयनका क्रममा पछि चर्चामा आएपछि ट्विटरमा भाइरल बनेको थियो ।