काठमाडौं । अध्यक्ष कुमार खड्का सरकारमा सामेल भएपछि अखण्ड नेपाल पार्टीकी उपाध्यक्ष पुष्पा भण्डारी एमालेमा प्रवेश गरेकी छन् ।
बुधबार एमाले पार्टी कार्यलयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई एमाले प्रवेश गराएका हुन् ।
पार्टी सरकारमा सामेल भएपछि अखण्ड नेपाल पार्टी सरकारमा सामेल भएपछि विवाद बढेको थियो ।
पार्टीको नीति विपरित अध्यक्ष खड्का संविधान संशोधनको पक्षमा लागेको र सरकारमा सहभागी भएकाले पार्टी छाडेको उनको भनाई छ ।
एमालेमा प्रवेश गरेकी भण्डारी त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक समेत हुन् । उनले एमालेले नै राष्ट्रिय स्वाभिमानको रक्षा विश्वासका साथ पार्टी प्रवेश गरेको बताईन् ।
अखण्ड नेपाल पार्टी र राप्रपा एकीकरणको दिशामा अघि बढिरहेका बेला भण्डारीले पार्टी छाडेकी हुन् । अखण्ड नेपाल पार्टीले राप्रपासँग एकताका लागि औपचारिक प्रस्ताव गरिसकेको छ ।