काठमाडौं । गत शुक्रबार ब्यवस्थापिका सदनमा प्रस्तुत निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक संसदले पारित गरेको छ । सोमबार बसेको व्यवस्थापिका संसदबो बैठकले उक्त विधेयक पारित गरेको हो । योसँगै संसदले निर्वाचनसँग सम्बन्धित तीन वटा विधेयक पारित गरेको छ ।
निर्वाचन आयोगको काम, कर्तब्य र अधिकारसम्बन्धी विधेयक र मतदाता नामावलीसम्बन्धी विधेयक संसदले यसअघि नै पारित गरिसकेको छ । अन्य राजनीतिक दल र स्थानीय तह निर्वाचनसम्बन्धी दुई वटा विधेयक भने संसदको राज्य ब्यवस्था समितिमा बिचाराधिन अवस्थामा रहेका छन् । थ्रेसहोल्ड र स्थानीय तहको निर्वाचनको मितिबारे सहमति जुट्न नसक्दा ती विधेयक पारित हुन सकेको छैन ।