नारायणगढ चितवन .नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ चितवनले महासंघकोे सदस्यता सुद्धिकरणको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने निणर्य गरेकोे छ ।
क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समितिको नारायणगढमा शनिबार सम्पन्न विशेष भेला तथा प्रशिक्षण कार्यक्रमबाट यस्तो निर्णय गरेको हो । पत्रकार महासंघ चितवनले जिल्लामा क्रियाशील पत्रकारलाई सदस्यता नदिएको, गैर पत्रकार, विगत लामो समयदेखि पत्रकारितामा निष्क्रिय व्यक्तिहरुलाई सदस्यता नविकरण गरेकोे, पत्रकारिता पेशा छोडेर विदेश पलायन भएका पत्रकारकोे सदस्यता खारेज नगरेको कारण क्रान्तिकारी पत्रकार महासंघ आन्दोलनमा जानुको विकल्प नरहेको निष्कष निकालेको छ ।
क्रान्तिकारी पत्रकार महासंघले चितवन पत्रकार महासंघलाई सदस्यता शुुदृढिकरण गर्न यसअघि नै ज्ञापन पत्र बुझाए पनि त्यसको कुनै सुनुुवाइ नभए पछि भेलाले आन्दोलनमा जाने निर्णय गरेको हो ।
भेलाले पत्रकारिता पेशामा सक्रिय तर पत्रकार महासंघले सदस्यता नदिएका पत्रकारहरुलाई समेत आन्दोेलमा सहभागी हुुन आग्रह गरेकोे छ । क्रान्तिकारी पत्रकार महासंघ जिल्ला अध्यक्ष सुर्य बरालकोे अध्यक्षतामा सम्पन्न भेलामा केन्द्र्रिय सचिव रामकुमार श्रेष्ठ, केन्द्रिय सदस्य शंंकरप्रसाद सुबेदी, नेकपा ( क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार भुमिश्वर कँडेल, महासंघका जिल्ला सचिव सरोज उपरकोटी, कोषाध्यक्ष प्रेम कँडेल लगायतले मन्तब्य राखेका थिए ।