काठमाडौं । म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

आइतबारराति भएको खेलमा विगानलाई ४–० ले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो ।

म्यान्चेस्टर युनाईटेडका लागि मारोआन फेलाइनी, क्रिस स्मोलिङ, हेनरिक एमखितर्यान र बास्टिएन स्वान्सटाइगरले म्यानचेस्टरका लागि गोल गरेका हुन् ।

पहिलो हाफको अन्तिम समयमा फेलाइनीले गोल गरेपछि मध्यान्तरसम्म १–० को अग्रता बनाएको म्यानचेस्टरका लागि स्मोलिङले ५७ औं मिनेटमा अग्रता दोब्बर पारे ।

त्यस्तै ७४ औं मिनेटमा एमखितर्यान र ८१ औं मिनेटमा स्वान्सटाइगरले गोल गरेपछि युनाइटेड ४–० ले विजयी भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर