विराटचोक । नेकपा (क्रान्तिकारी माओवादी) निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कोचिला राज्य समिति गठन भएको छ ।

मोरङको विराटचोकमा भएको एक भेलाले पवित्रा चोङबाङकोको संयोजकत्वमा २५ सदस्यीय राज्य समिति गठन भएको हो ।

पार्टी केन्द्रीय सदस्य तथा अनेमसंघ (क्रान्तिकारी) की संयोजक अम्बिका रेग्मी, क्रान्तिकारी माओवादीका राज्य समितिका इन्चार्ज केदार गुरागाई रत्नलगायको सहभागितामा समिति गठन भएको हो ।

समितिका सदस्यहरुमा फुलथुंगा खतिवडा, टिका पाठक, सुमित्रा चौधरी, जसोदा राई, सुमित्रा राय, जुली राय, रुक्मिना बजगाई, इन्दिरा खाती, प्रविना राई, रेनुका भट्टराई, कमला खतिवडा, प्रेमिका याख्खा, अमृता लिम्बू, तिर्थ कुमारी वन, ममता राई, मधु राई, सीता तिम्सिना, कल्पना राई, सुनिता बुढाथोकी, ममता मगर, पर्मिला राई, मनकुमारी राना, सावित्रा गिरीलगायत रहेका छन् ।

सप्तरीमा पुलामी
यसैबीच अनेमसंघ (क्रान्तिकारी) को सप्तरी जिल्ला समिति पनि गठन भएको छ । समितिको संयोजकमा मिना पुरामी तथा सदस्यहरुमा लिला तामाङ, भोलादेवी चौधरी, शर्मिला धौधरी, उर्मिला चौधरी, चन्द्रमाया विक, प्रेमिका थापा मगरलगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर