काठमाडौं । पर्याप्त निद्रा नपुग्दा मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने तथ्य पत्ता लागेको छ ।
एक अध्ययनमा कम सुत्ने र कम निदाउने व्यक्तिमा बिरामी हुने समस्या बढी हुने अध्ययनमा देखिएको छ ।
शोधकर्ताहरुले अलग अलग अवधीको निद्रा लिने ११ जोडीको रक्त नमुना दिएर कम समय सुत्ने व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कम हुने पत्ता लगाएका हुन् ।
वासिंगटन विश्वविद्यालयका मुख्य शोधकर्ता नतालियन वाटसनले भने, ‘हामी यो देखाउन खोजिरहेका छौं कि तपाई पर्याप्त निद्रा लिनुहुन्छ भने रोग प्रतिरोधक तन्त्रले सबैभन्दा राम्रो तरिकाले काम गर्दछ । अधिकतम स्वास्थ्य लाभका लागि सात या त्यो भन्दा बढी निद्रा लिन सल्ला दिन्छौं ।’




























