चितवन । तीन महिने संगठन सृदृढिकरण तथा जनपरिचालन अभियान सञ्चालन गर्ने सहित केही सांगठनिक निर्णय गर्दै अखिल नेपाल किसान संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न भएको छ ।

बैठकमा क्रान्तिकारी माओवादीका अवध राज्य समितिका इन्चार्ज प्रेम सुवेदी, पश्चित ताम्सालिङका इन्चार्ज चन्द्रहरि सुवेदी अटललगायतको सहभागितामा बैठक सम्पन्न भएको हो ।

बैठकमा किसान संगठनका इन्चार्जसमेत रहेका प्रेम सुवेदीले किसानहरुको अवस्था र मुक्तिबारे तथा चन्द्रहरि सुवेदीले सिद्धान्त र मुक्तिबारे प्रष्ट पारेका थिए ।

बैठकले संगठनको केन्द्रीय समितिमा विदुर खरेल, रतिराम थारु, प्रेम थापा, कल्लु थारु, लालबहादुर पुन, नन्दराम रोका र बुद्धि अधिकारीलाई थप गरिएको छ ।

यसैगरी संगठनबाट केहीलाई कारबाही तथा निस्कासन समेत गरिएको सो संगठनले जनाएको छ । जसअनुसार शिव खनाल, सेसुराम भण्डारी, जमिल अत्तर, देवराज लुइटेल, पितबहादुर यामसी, राजु महर्जन, अर्जुन प्रताप राणा, रामलाल नेमफुकी, पदम गिरी, केदार अधिकारी, विष्णु रेग्मी, नमनारायण घिमिरे, सूर्यबहादुर शाही, विष्णु प्रसाद शर्मा, टनजन हमाल, मिश्रलाल महतो, डिल्लीराज भट्टराई र कमानसिंह लामा रहेका छन् ।

बैठकले लिम्बुवानमा मातृका राई, किरातमा शंकर पौडेल, कोचिलामा जयराज आचार्य, मिथिलामा विदुर खरेल, भोजपुरामा दिवाकर न्यौपाने, पूर्वी ताम्सालिङमा ढकप्रसाद न्यौपाने, नेवाः मा धनश्याम दाहाल, पश्चिम ताम्सालिङमा उत्तम सिम्खडा, तमुवानमा बाबुराम सुवेदी, अवधमा लक्ष्मीकान्त पौडेल, थारुवानमा ऋषिराम चौधरी, पश्चिम मगरातमा लालबहादुर पुन, पूर्वी मगरातमा खिलाराज खाती, भेरी कर्णालीमा दिर्घ बहादुर शाही र सेती महाकालीमा जीवन थामीलाई संयोजनको जिम्मा दिएको छ ।

यस्तै दुई जनाको कार्यालय, ९ जनाको सचिवालय, ५ जनाको विषयगत कृषि तथा सहकारी विभाग समेत गठन गरिएको छ ।

आगामी चैत्र १७ गते केन्द्रदेखि जिल्ला सम्म ज्ञापनपत्र दिने, माघ ५ देखि चैत्र २४ सम्म तीन महिले संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको संयोजक भुमिस्वर कंडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार