अमेरिका प्रवेश गर्ने आप्रवासीमाथि कडाई गर्न ट्रम्पको निर्देशन

अमेरिका प्रवेश गर्ने आप्रवासीमाथि कडाई गर्न ट्रम्पको निर्देशन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने आप्रवासीमाथि कडा जाँच गर्न निर्देशन दिएका छन् ।

नवनियुक्त रक्षा मन्त्री जेम्स म्याटिसलाई शपथ दिलाउँदै ट्रम्पले कट्टर इस्लामिक अतिवादीलाई अमेरिकाभन्दा टाढा नै राख्नका लागि आप्रवासीमाथिको जाँचमा कडाई गर्न आदेश दिएका हुन् ।

आफ्नो देश र देशवासीलाई माया र सहयोग गर्ने मुलुकका जनतालाई भने आफ्नो देशमा आउन दिने पनि उनको भनाई थियो । सुरक्षा जाँचमा कस्तो कडाई गर्न लागिएको हो भन्ने बारेमा भने उनले केही खुलाएनन् ।

उनले अमेरिकामा शरण माग्न आउनेहरुमा मुस्लिमको तुलनामा इसाईलाई प्राथमिकता दिने धाराणा व्यक्त गरे । गत वर्ष मात्र बाराक ओबामामाले सिरियाका दश हजार शरणार्थीलाई शरण दिएका थिए ।

ट्रम्पले भने ६ वटा मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने पनि बताए ।