
एजेन्सी । थाइल्यान्डमा ठगी गर्न विवाहमा सामेल हुने र पैसा लिने गरेको आरोपमा एक बौद्ध भिक्षुसहित ५ जना पक्राउ परेका छन् ।
ठगको यो समूह राजपरिवारको नक्कली अधिकारी बनेर विवाहमा सामेल हुने गरेको थियो ।
बैंककका आसपासका इलाकामा ३ पुरुष र २ महिला ठगीको यो काममा पछिल्ला केही वर्षदेखि सामेल थियो र यसबाट उनीहरुले ५ लाख डलर समेत कमाएका थिए ।
प्रहरस्का अनुसार यो समूहले राजपरिवारसँग सम्बन्धित नक्कली कागजात पनि तयार पारेका थिए । एक विवाहिता जोडीको उजुरीपछि यो ठगी धन्दाको खुलासा भएको हो ।
थाइल्याण्डमा राजपरिवारलाई धेरै सम्मान गरिन्छ र राजपरिवारका सदस्यको रुपमा आफूलाई प्रस्तुत गर्नेमाथि लामो जेलसजाय समेत हुनसक्छ ।