नवलपरासी । नेपाल पत्रकार महासंघ नवलपरासीले सदस्यता सिफारिसमा सिण्डिकेट लादिएको र जिल्लामा कार्यरत योग्य र क्रियाशिल श्रमजीवि पत्रकारहरुलाई महासंघको सदस्यता लिनबाट वञ्चित गरेको भन्दै नवलपरासीका तीन पत्रकार संगठनले महासंघको कार्यालयमा तालाबन्दी गरेका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटी नवलपरासीले बुधबार नेपाल पत्रकार महासंघ नवलपरासीको कार्यालयमा तालाबन्दी गरेको क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका कार्यवाहक अध्यक्ष घनश्याम पोख्रेल राजुले बताए ।
क्रान्तिकारी पत्रकार संगठन नवलपरासीका संयोजक शिव डुम्रेले श्रमजीवि पत्रकारहरुलाई सदस्यता सिफारिस नगरेको कारण तालाबन्दी गर्न बाध्य भएको बताए । नेपाल पत्रकार महासंघ नवलपरासीले आफ्नो मागलाई व्यवस्था गरे थप कडा आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्य रवि पाण्डेले नेपाल पत्रकार महासंघ नवलपरासीले निर्णय गरेको भन्दा बाहिरबाट महासंघको लेटर प्याड समेत दुरुपयोग गरेर सिफारिस गरिएको बताए ।

उनीहरुले प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले सिंन्टिकेट लागू गरी दलीय भागबन्डामा सदस्यता सिफारिस गरेको भन्दै तालाबन्दी गरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर