काठमाडौं । संविधान जारी गरेसँगै नयाँ शक्ति पार्टी गठन गरेका पूर्व माओवादी नेता डा.बाबुराम भट्टराईले पार्टीमै नभएका व्यक्तिलाई सल्लाहकारमा नियुक्त गरेका छन् ।
तत्कालीन एमाओवादीको सिफारिसमा सरकारले मनोनित गरेका २६ जनाको कोटाबाट सांसद बनेका जनकराज जोशी डा.भट्टराईको सल्लाहकारमा नियुक्त भएका हुन् ।
सांसद जोशीले भने आफू नयाँ शक्तिमा प्रवेश नगरेको बताएका छन् । नयाँ शक्तिले भने जोशी पार्टी संयोजक भट्टराईको अवैतनिक सल्लाहकारमा नियुक्त भएको जनाएको छ ।
भट्टराईले आफूसँग बेलाबेलामा सल्लाह माग्ने गरेकोले सल्लाहकार बनाएको हुनसक्ने उल्लेख गर्दै उनले नयाँ शक्ति पार्टीमा प्रवेश भने नगरेको उनको भनाई छ ।
एमाओवादीको सिफारिसमा मन्त्रिपरिषदबाट सिफारिस भएका सांसद जोशीले भने आफू स्वतन्त्र सांसदकै रुपमा तत्कालीन संविधान सभा र सांसदका रुपमा क्रियाशील रहेको उनको भनाई छ ।