सेनेगल अफ्रिकन कप अफ नेशन्सको क्वाटरफाईनलमा

काठमाडौं । सेनेगल अफ्रिकन कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जिम्बाबेलाई २–० ले हराउँदै सेनेगल अन्तिम आठमा पुगेको हो । बिहीबारराति भएको समूहको दोस्रो खेलमा जिम्बाबेलाई पराजित गर्न सेनेगलका सादियो माने र हेन्री साईभेतले एक–एक गोल गरे ।

लगातार दोस्रो जितसँगै सेनेगल एक खेल अगाबै क्वाटरफाइनलमा पुगेको हो । सोही समूहको अर्को खेलमा ट्युनिसियाले अल्जेरियालाई २–१ ले हरायो ।

ट्युनिसियाको जितमा नाइम स्लीटीले एक गोल गरे भने अल्जेरियाका आइसा मान्डीले आत्माघाती गोल गरे । खेलका अन्तिम मिनेटमा अल्जेरियाका सोफियाने हानीले गोल गरेका थिए ।