एमाले मोरङको अध्यक्षमा ओली निकट ढकाल विजयी

एमाले मोरङको अध्यक्षमा ओली निकट ढकाल विजयी

विराटनगर । नेकपा एमालेको मोरङको अध्यक्षमा विनोद ढकाल विजयी भएका छन् ।

पार्टीको आठौं जिल्ला अधिवेशनबाट माधव कुमार नेपाल समूहका महेश रेग्मीलाई हराउँदै ढकाल अध्यक्षमा विजयी बनेका हुन् । 

बिहीबारराति सार्वजनिक गरिएको मत परिणामअनुसार ढकालले आफ्ना प्रतिद्वन्द्वी महेश रेग्मीलाई २०६ मतको अन्तरले पराजित गरे । 

कूल ८८३ मत खसेकामा ढकालले ५४० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी रेग्मीले ३३४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, ढकालकै समूहबाट उपाध्यक्ष पदमा रामलाल साह ४६९, सचिवमा ऋषिकेश पोखरेल ५०४ र उपसचिवमा धना तामाङ ४५६ मत प्राप्त गरी विजयी भएका छन् ।