काठमाडौं । चिसोको समयमा मानिसमा ज्यादा हृदयघातको समस्या हुन्छ । खासमा तापमानमा आउने गिरावट यसको मूल कारण हो ।
चिसोको मौसममा शरीरको तापक्रममा गिरावट आउनुका साथै भिटामिन डीको मात्रामा कमी र रगतमा आउने बाक्लोपनाले हृदयरोगको जोखिम बढाउँछ ।
चिसोका क्रममा तापमानमा अचानक गिरावट, चिसो हावा र वर्षाले शरीरको तापमानमा कमी ल्याउछ । यसको कारण रक्तचापमा अचानक वृद्धि हुन पुग्छ, जसबाट हृदयघातको जोखिम हुन्छ ।
हृदयरोग विशेषज्ञका अनुसार ४० वर्ष भन्दा माथिका व्यक्तिलाई हृदयरोग हुने खतरा बढी हुन्छ । उच्च रक्तचापदेखि मोटोपना, कोलेस्ट्रोल, मधुमेह या अध्याधिक धुम्रपान चिसोको समयमा हृदयघातको जोखिम बढाउने कारकहरु हुन् ।
यसकारण चिसोको मौसममा नियमित स्वास्थ्य जाँचा गर्नु महत्वपूर्ण हुन्छ । रगतमा ग्लुकोज र कोलेस्ट्रोलको स्तरमा पनि ध्यान दिनु पर्दछ । यसका साथै अनियन्त्रित रुपमा मदिरा सेवन तथा जंक फुट कम खाएमा चिसोको मौसममा हृदयघातको खतरा कम हुन्छ ।