काठमाडौं । यसवर्ष निकै चर्चामा रहेको चलचित्र छक्का पन्जा युट्युवमा सार्वजनिक भएको छ ।
छक्का पन्जा पाइरेसीको चपेटमा परेपछि यसका निर्माता तथा कलाकार दीपकराज गिरीले केही दिनमै आफूले आधिकारी रुपमा फिल्म युट्युवमा अपलोड गर्ने बताएका थिए ।
उनले यस्तो बताएको १२ घण्टा नबित्दै चलचित्र युट्युवमा आधिकारीक रुपमा अपलोड भएको हो ।
युट्यवमा अपलोड हुनुभन्दा अघिनै फेसबुकमा सार्वजनिक गराउने गिरोह विरुद्ध आफू लड्ने कलाकार गिरीले प्रतिवद्धता पनि जाहेर गरेका छन् । चलचित्रको डिजिटल राइट्स हाइलाइट्स नेपालले किनेको छ ।


























