तीन वाम घटकले आज विराटनगरमा विरोध प्रदर्शन गर्दै, अनधिकृतरुपमा रहेको भारतीय कन्सुलर कार्यालय हटाउन माग

तीन वाम घटकले आज विराटनगरमा विरोध प्रदर्शन गर्दै, अनधिकृतरुपमा रहेको भारतीय कन्सुलर कार्यालय हटाउन माग

बिराटनगर । विराटनगरमा अनधिकृत रुपमा रहेको भारतीय कन्सुलर कार्यालय हटाउन माग गर्दै तीन वाम घटकले आज अपरान्ह विरोध प्रदर्शनको तयारी गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी) र नेकपा (मसाल)ले संयुक्त रुपमा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्दैछन् ।

प्राप्त जानकारी अनुसार क्रान्तिकारी माओवादीका बरिष्ठ नेता तथा देजमो, नेपाल अध्यक्ष सिपी गजुरेल, विप्लव माओवादीका प्रवक्ता खड्ग विश्वकर्मा र मसालका नेता हिमलाल पुरीले उक्त विरोधसभालाई सम्बोधन गर्दैछज् । विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन क्रान्तिकारी माओवादी र विप्लव माओवादीका स्थानीय नेता कार्यकर्ताहरुले व्यापक तयारी गरिरहेका छन् ।

राष्ट्रियताको मुद्दामा कार्यगत एकता गरेर एक महिने संघर्षका कार्यक्रमसहित सडकमा उत्रिएका यी तीन वामघटले एक महिने संघर्षको अन्तिम कार्यक्रमको रुपमा आज कन्सुलर कार्यालय अगाडि विरोध प्रदर्शन गर्दैछन् । पौष १६ गते काठमाडौंमा एक अन्तक्र्रियाबाट सुरु भएको संयुक्त संघर्षको कार्यक्रमन्र्गत पौष २२ गते भारतीय कम्पनी जिएमआरसँग गरिएको माथिल्लो कर्णाली सम्झौताका विरुद्ध सुर्खेतमा र २५ पौषमा भारतीय कम्पनी सतलजसँग गरिएको अरुण तेस्रो सम्झौताका विरुद्ध संखुवासभाको खाँदबारीमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरिएको थियो । तीनै वाम घटकका नेताहरुले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत परियोजना नेपालीहरु आफ्नै लगानीमा गर्नुपर्ने धारणा राख्दै आएका छन् ।