मोरङ । झापाको दमक–१६ स्थित पूर्वपश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–४ का गौरव श्रेष्ठको मृत्यु भएको हो ।
राति करिब सवा १० बजे दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उर्लाबारी–४ कै २२ वर्षीय आकाश कार्की गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।