कम्युनिष्टले राज्यसत्ता आफ्नो हातमा लिएपछि आफ्नो सरकारको भ्रष्ट अधिकारीहरुका लागि माओ त्सेतुङ अभिसाप बनेका थिए । भ्रष्टाचारका विरुद्ध लड्न र सरकारको छवी स्वच्छ राख्न माओले थुपै्र अभियानहरु चलाए । १९५१–१९५२ को सानफान (प्रतिभ्रष्टाचार अभियान) त्यस्तो पहिलो अभियान थियो । यसपछि १९५३ मा सिन सानफान योङदोङ (कर्मचारीतन्त्र, आदेशवाद, अनुशासन र कानुन उल्लंघन विरुद्धको नया“ अभियान) चलाईयो । त्यही बर्ष, उफान योङदोङ (भ्रष्टाचार, जुवातास, फजुल खर्च, गुटवाद र कर्मचारीतन्त्र विरुद्धको अभियान) पनि चलाईएको थियो । १९५४ मा गानबु जेङफेङ योङदोङ (पार्टी सदस्यहरुबीच शुद्धीकरण अभियान) चलाईयो । १९५५ मा शुइउ बुमेन यानटानउ योङदोङ (कर संकलक बीचको प्रतिभ्रष्टाचार अभियान) चलाईएको थियो । अर्को जेङफेङ योङदोङ (शुद्धीकरण अभियान) १९५७मा चलाईएको थियो । अग्रगामी महान् छलाङ (Great Leap Forward) पछि १९६०मा नङकुन सानफान योङदोङ (भ्रष्टाचार, फजुल खर्च र कर्मचारीतन्त्र विरुद्धको ग्रामीण अभियान) थालनी गरिएको थियो । अन्तमा, सिक्नीङ योङदोङ (समाजवादी शैक्षिक अभियान) १९६४–६५मा चलाईएको थियो । सा“स्कृतिक क्रान्तिभन्दा अगाडि प्रत्येक बर्ष जस्तो भ्रष्टाचारविरोधी अभियान चलाउने गरिन्थ्यो । त्यति हु“दाहु“दै पनि, साधारण जनतालाई शक्तिशाली बनाउने राजनीतिक स“स्कृतिको विकास नभईसकेकाले गर्दा भ्रष्टाचार र शक्तिको दुरुपयोगलाई माओले निमिट्यान्न पार्न खोजेको प्रयास अपर्याप्त सिद्ध भयो ।
कम्युनिष्ट विजयभन्दा अगाडि शोषण, भ्रष्टाचार र शक्तिको दुरुपयोग समाजमा जसरी व्याप्त थियो, त्यसरी नै कम्युनिष्ट युगमा पनि गाउ“का नेताहरुले गरेको शक्तिको दुरुपयोगको एउटा प्रमुख कारण गाउ“लेहरुस“ग राजनीतिक नियन्त्रण नहुनु थियो । माओ त्सेतुङले के कुरामा जोड दिएका थिए भने चिनिया जनताले नै कम्युनिष्ट पार्टीलाई सत्तामा पु¥याएको थियो र त्यसो हु“दा सिसिपी चिनीया“ जनताप्रति उत्तरदायी हुनु आवश्यक थियो । तर यो भनाई कुरामा मात्र सीमित रहन गयो । सुरुमा जनताबाट प्राप्त भएको त्यो सत्ता दैनिक राजनैतिक कामकारवाहीको वास्तविक संसारमा आएर हराउन पुग्यो । १९४९ पछि ग्रामीण इलाकामा शासन गर्ने सिसिपीका सदस्यहरुले त्यो सत्ता गाउ“लेहरुबाट प्राप्त गरेका थिएनन् । तिनीहरु गाउ“लेहरुको भोटबाट चुनिएका थिएनन् । अझ त्यसमाथि, तिनीहरुको राजनीतिक भविष्य तिनीहरुले शासन गर्ने जनतामाथि नभएर आना माथिल्ला नेताहरुमाथि निर्भर रहने गर्दथ्यो । परिणामस्वरुप, कम्युन र गाउ“का नेताहरु ग्रामीण जनताका आवश्यकता र चाहना परिपूर्ति गर्नतिर भन्दा आना संरक्षकलाई रिझाउनतिर लाग्दथे ।
सैद्धान्तिक रुपले भन्नुपर्दा, १९५० को मध्यतिर ग्रामीण ईलाकामा गरिएको उत्पादनका साधनमाथिको सामुहिकीकरणले किसानहरुलाई समुहका वास्तविक मालिक बनाएको थियो र सामुहिक उद्यमको मालिकका रुपमा तिनीहरुले निर्णयको तहमा आनो सहभागिता जनाउनु पर्दथ्यो । आर्थिक रुपमा सबैजना बराबर हुने ह“ुदा समुहका साधारण सदस्यहरुलाई राजनीतिक र आर्थिक रुपमै शक्तिशाली बनाउनु पर्ने थियो । यसो हुदा, समुहलाई जनवादी ढंगले व्यवस्थित गर्न त्यस कार्यमा तिनीहरुको सहभागिताको पनि आवश्यकता हुन्थ्यो । तर वास्तवमा, उत्पादनका साधनमाथिको सामुहिकीकरणले सबैलाई समुहको बराबरको मालिकको रुपमा उभ्याएन र आशा गरे अनुसार त्यसले किसानहरुलाई राजनीतिक र आर्थिक रुपमा शक्तिसाली बनाएन । यसको साटो याक्ट्रीका मजदुरलाई आधुनिक उद्योगमा आश्रित बनाए जस्तै यसले किसानलाई समुहमा आश्रित बनाईदियो । उत्पादनलाई आधुनिकीकरण गर्ने प्रक्रियामा निश्चयनै यो एउटा सामान्य प्रवृति बन्न पुगेको छ । नया“ संगठित कृषि सहकारीमा जनप्रिय सुपरीवेक्षण र जनवादी संयन्त्रलाई संस्थागत नगर्दा सामुहिकीकरणमार्फत् गाउ“मा पार्टी नेताहरुले गाउ“लेहरुमाथी शासन गर्ने थप शक्ति प्राप्त गरेका थिए । यसले पहिलेभन्दा किसानहरुलाई गाउ“मा शक्ति दुरुपयोगको थप शिकार बनाएको थियो ।
सामुहिकीकरण भन्दा अगाडि गाउ“मा नेताको शक्ति सीमित थियो । तीनिहरु सारतः गाउ“को सामाजिक कार्यव्यवस्थापकको भुमिका निर्वाह गर्दथे । कर उठाउने र गाउ“लेहरु बीच भएको झैझगडा मिलाउने जस्ता कुरा तिनीहरुको आधारभूत कामभित्र पर्दथे । सामुहिकीकरणले गाउका नेतालाई थप लोभ्याउने शक्ति प्रदान ग¥यो । समुहले उत्पादन गरेको अन्नको व्यवस्थापन तिनीहरुले गर्दथे । चीनियाहरुले भन्ने काउलियाङ (जीवन धान्ने अन्न)को व्यवस्थापन गर्नु भनेको तिनीहरुले गाउ“लेहरुको जीवनलाई आनो नियन्त्रणमा राख्नु थियो । त्यसो हुदा, नचाहेर पनि सामुहिकीकरणले सर्वसाधारण गाउ“लेहरुलाई गाउ“को शक्तिमा रहेको मान्छेको दयामायामा बाच्न विवश बनाईदियो ।
साधारण गाउ“लेहरुप्रति अनुत्तरदायी पार्टीका अधिकारीहरुको हातमा भएको शक्तिको केन्द्रीकरणले महान अग्रगामी छलाङ (१९५८ – ५९) को अवधिमा एउटा दुखदायी परिणाम निम्त्याईदियो । आफु माथिका नेतालाई रिझाउन र छिटो परिणाम हातपार्न गाउ“ र कम्युनका अधिकारीहरु कहिलेकाही दासका संचालक जस्ता भईदिए । धेरै नेताहरुले गाउ“लेहरुलाई दिनको वीस घण्टा काम गर्न वाध्य पारे । छिटो परिणाम हात पार्ने अधिकारीहरुको बढ्दो मागलाई पूरा गर्न ग्रामीण जनतालाई सधै सम्भव थिएन । गाउ“लेहरुको परम्परागत ज्ञानलाई उपेक्षा गरेर बनाईएका कम्युन र काउण्टी नेताका अविवेकी योजना र महान अग्रगामी छलाङका बेला उत्पादनलाई ह्वात्तै बढाउने तिनीहरुको ईच्छाका कारणले प्रभावकारी सञ्चार टुट्न पुगेको थियो । जीमोका धेरै कम्युन र गाउ“का नेताहरु आना कम्युन र गाउ“मा भएको खाद्यान्नको अभावलाई वेवास्ता गर्दै आना नेतालाई रिझाउन राज्यलाई बढी अन्न बेच्ने गर्दथे । परिणामस्वरुप केही इलाकामा खाद्यँन्न अभावको गम्भीर समस्या देखा पर्दथ्यो ।
शान्दोङ प्रान्तीय सरकार र क्विङदाओ नगरपालिका सरकारले संयुक्तरुपमा गरेको गाउ“को अनुसन्धानले यस कुरालाई पुष्टि गर्दछ । १९५९को सेप्टेम्बरमा जीमो काउण्टीको उत्तर पश्चिममा मान्छेहरुको दयनीय अवस्थाको विरोध गरेर लेखिएको एउटा बेनामी पत्र प्राप्त गरेपछि शानदोङ प्रान्तीय सरकार र क्विङदाओ नगरपालिका सरकारले त्यस मुद्दाको अनुसन्धान गर्न आठजना अधिकारीहरुलाई त्यस क्ष्ँेत्र पठायो । जिमो काउण्टीको उत्तरपश्चिमका तीनवटा कम्युनका केही गाउ“हरुमा अनुसन्धान कार्य सम्पन्न भयो । अनुसंधान टोलीले के पत्ता लगायो भने ती गाउ“का गाउ“ पार्टी नेताहरु भ्रष्ट थिए । सिसिपीको नीति अनुसार तिनीहरु उत्पादनशील श्रममा भाग लिदैनथे । सामुहिक अन्नको पहु“च तिनीहरुस“ग हुने हु“दा समुहको हित विपरीत ती नेताहरुले मोजमस्तीकासाथ खाने र पिउने गर्दथे । कतै कतै त सर्वसाधारण गाउ“लेहरुलाई पत्तै नदिई तिनीहरु गैरकानुनी रुपमा आआफु बीच सामुहिक अन्नलाई बा“डफा“ड गर्ने गर्दथे । महान अग्रगामी छलाङपछि खाद्यान्नको अभाव भएका बर्षहरुमा खेतमा काम गर्ने सर्वसाधारण गाउ“लेहरुलाई पर्याप्त खाने अन्न नहुदा पनि गाउ“का नेता र तिनीहरुका परिवारले भने पेटभरी खानपाएका हुन्थे । उदाहरणका लागि, सर्वसाधारण गाउ“लेहरुले ज“गली सागसब्जी र रुखका पात खाएर बाच्न वाध्य हु“दा लिङशान कम्युन सियाओवु गाउ“को पार्टी सचिवस“ग भने आना परिवारलाई खुवाउन पर्याप्त चामल थियो ।
गाउ“का विविध पक्ष्ँलाई व्यवस्थित गर्ने सन्दर्भमा जीमो गाउ“का नेताहरु बारम्बार मनोमानी ढंगबाट र निर्दयतापूर्वक व्यवहार गर्दथे । आनो अधिकारको सुरक्षाका लागि गाउ“मा तिनीहरु कठोर र मनोमानी खालका नियम बनाउ“थे र लागु गर्दथे । १९५९–६०को खाद्यान्नको अभावका बेला जब गाउ“लेहरु भोकभोकै थिए, त्यतिबेला गाउ“का नेताहरुले कुनै गाउं“लेले सामुहिक अन्न चोरेको फेला परे उसले चोरेको मात्राको दश गुणा बढी अन्न दण्डस्वरुप तिर्नु पर्ने नियम बनाए । सियाओवु गाउ“का २६८ घर मध्ये ८४ घरलाई उक्त दण्ड सजाय भएको थियो । दण्ड पाएका ८४ घर मध्ये ३० प्रतिशत गाउ“ छोडेर भिख माग्न वाध्य भएका थिए । सियाओवु गाउ“को कम्युनिष्ट पार्टी सचिवले एउटा गाउ“ भेलामा घोषणा गरेको थियो – “शेङचान यु नी, शेङहाउ यु ओ” (तिनीहरु खेतमा काम गर र अन्नको व्यवस्थापन को काम मलाई छाडिदेउ) । गाउ“मा कुनै जनप्रिय सुपरीवेक्षण संयन्त्र नभएकोले, गाउ“लेहरुको आलेचनालाई गाउ“का नेताहरुले सहन सक्दैनथे । १९५९को वसन्तमा, आना धारणा र गुनासालाई राख्ने अभियान (डामिङ डाफाङ योङदोङ)मा अभियानबाट प्रोत्साहित भएर साधारण गाउ“लेहरुले गाउ“का नेताहरुका विरुद्ध आना गुनासाहरु राखे । अभियानको समँप्ती पछि गाउ“ पार्टी सचिवले भन्यो – “जीन चुन निमेन झेङ ओ यी गे यु, ओ झेङ निमेन यी नियन” (यो वसन्तमा तिमीहरुले मलाई एक महिना अप्ठ्यारोमा पा¥यौं । म तिमीहरुलाई पुरा बर्ष अप्ठ्यारोमा पारिदिन्छु) ।
अधिकारीहरुको थिचोमिचोबाट आहत भएर निकासका लागि केही गाउ“लेहरुले आत्महत्याको समेत बाटो रोजे । जीमो काउण्टी लिङशान कम्युन हेनान गाउ“को एकजना गाउ“ले यु ज्युशुलाई महान अग्रगामी छलाङका बेला एउटा उद्योगले मजदुरको रुपमा भर्ना गरेको थियो । त्यो छलाङ असफल भएपछि उसले आनो जागिर गुमायो र उ आनो गाउ फर्कन बाध्यभयो । तर उसले अन्नको रासन कार्ड लिएर आएन भनेर गाउ“का नेताले उसलाई उसको भाग अन्न दिन अस्विकार गरे । यु ज्युशु आनी आमाको भाग अन्न बा“डेर खान वाध्य भयो । त्यो एकजनाको भागमा पर्ने अन्न थियो । खाद्यान्नको अभावका बेला एकजनाको अन्नले एकजनालाई पनि राम्रँे स“ग खानपुग्दैनथ्यो, आधा भाग अन्नले त तिनीहरुको जीवनलाई सा“च्चिकै कष्टकर बनाईदियो । आखिर, आनो छोरा र आफु दुवैजनालाई भोकमरीबाट टाढा राख्न यु ज्युशुकी आमाले आत्महत्या गरिन् ।
निसन्देह नै गाउ“ पार्टी नेताका व्यवहार असह्य थिए र तीे भत्र्सना योग्य थिए । तर घटना जे भयो त्यसमा आंशिक रुपमा यु ज्युशुको पनि दोष थिएन होला त ? प्रथमतः उ र उनकी आमाले आफुहरुलाई त्यस्तो सास्तीमा होम्नु हुदैनथ्यो । तिनीहरु त्यसका विरुद्ध कानुनी ल“डाई लड्न सक्दथे तर कानुन प्रतिको आनो अज्ञानता र दव्वु सस्कृतिका कारण तिनीहरुले त्यसो गर्न सकेनन् ।
त्यही गाउको एकजना गाउ“ले आनो साथीस“ग का“चोे अन्न चोर्नगयो । तर, उसको साथी गाउ“को बाली रुङने चौकीदारबाट समातियो । आफु उम्कन सफल भएपनि उसलाई थाहा थियो कि तिनीहरुले चा“डै उसको संलग्नताको भेउ पाउ“थे । हिनताबोध र दण्डको कुरा जति बढि उ सोच्दै जान्थ्यो, उ त्यति बढि त्रस्त हुन्थ्यो । अन्तमा उसले आनो ज्यानै लियो । का“चोे अन्न चोर्ने र खाने एउटा परम्परा नैे बनेको थियो र खाद्यान्न अभावका बेला भोकमरीलाई टार्ने यो एउटा महत्वपूर्ण उपाय थियो । प्रष्ट भन्नुपर्दा का“चोे अन्न चोर्ने र खाने व्यापकताको परिणाम आत्मघाती हुन सक्दथ्यो । का“चो अन्न खाने कुराले वालीमा ह्रास ल्याउथ्यो । सबैभन्दा नराम्रँे त यसले समग्र बालीलाई नष्ट पार्न सक्दथ्यो । यसका कारण अर्को याममा खाद्यान्न संकटको झनै विकराल रुप देखा पर्न सक्दथ्यो । महान् अग्रगामी छलाङ पछिको खाद्यान्न संकटका बेला जीमो काउण्टीका केही भागमा सा“च्चिकै यस्तो समस्या देखापरेको थियो । पूर्ण रुपमा यसलाई रोक्न नसकेपनि यस्तो परम्परामा निगरानी राख्न गाउ“का कुनै पनि जिम्मेवार नेताले केही गर्न आवश्यक थियो । तर यसका साथै, मान्छेलाई आत्महत्यासम्म पु¥याउने गरी डर उत्पन्न गराउने खालको कठोर सजायको भने जरुरत थिएन । जे भएपनि भोकमरीका बेला का“चोे अन्न खाने कुरालाई महाअपराधको रुपमा लिनु सान्दर्भिक हुदैनथ्यो । त्यस्तो अपराध कै कारण गाउ“लेले आत्महत्या गर्नु ठिक थिएन । उ र उसको साथीले न्यायलयमा आनो कानुनी अधिकारका लागि लड्न सक्दथे । तर फेरी आनो कानुनी अज्ञानता र दव्वु स“स्कृतिको कारणले उसलाई एउटा दुखदायी परिणतीको बाटोतिर डो¥यायो ।
माथि उल्लेखित आत्महत्याका घटनाहरु निसन्देह नै पराकाष्ठाका मुद्दाहरु थिए र तीनलाई आममा राख्न स“किदैनथ्यो । तथापि, ती बर्षहरुमा तल्लो तहका सरकारी अधिकारीहरुको सामान्य थिचोमिचो र भ्रष्टाचारका कुरा आम विषयभित्र पर्दथे । मेरो स्थलगत भ्रमणका क्रममा मैले दर्जनौं गाउ“हरुको अध्ययन गरें । सा“स्कृतिक क्रान्ति भन्दा अगाडि झण्डैझण्डै सबैजना मान्छेहरु भ्रष्टाचार र शक्तिको दुरुपयोग जस्ता समस्याबाट सताइएका थिए ।
(‘अपरिचित सास्कृतिक क्रान्ति’ पुस्तकबाट)