आज गुरुङ समुदायको तमू ल्होसार मनाईदै

आज गुरुङ समुदायको तमू ल्होसार मनाईदै

काठमाडौं । गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदैछन् । बाँदर वर्गलाई बिदा गरेर चरा वर्गलाई स्वागत गरी आज तमू ल्होसार मनाउँन लागिएको हो । 

ल्हो को अर्थ वर्ष र सारको अर्थ हो नयाँ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ ।

ल्होसारका अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । काठमाडौंको टुंडिखेलमा गुरुङ समाजले आज विशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुनेछन् । 

राष्ट्रपति विद्या भण्डारीले तमु ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्वले सबैमा उत्साह र उमंग कायम गरी हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवद्र्धनमा योगदान पुर्याउनुका साथै नेपालीबीच आपसी एकता र सहिष्णुता कायम भई समृद्ध मुलुकको निर्माण गर्न सकियोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।