एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसमाथि साईबर हमला गरी अमेरिकी राष्ट्रपति चुनाव प्रभावित पारेको आरोप लगाउँदै ३५ जना रुसी कूटनीतिज्ञलाई निष्काशन गरेका छन् ।
अमेरिकाले दुई वटा रुसी कार्यालयहरु बन्द गराउँनुका साथै अध्य केहीविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने जनाएको छ । ओबामाले रुसी अधिकारीहरुले अमेरिकालाई दुःख दिएकाले यस्तो कदम उठाउनुपरेको उल्लेख गरेका छन् ।
उनले अमेरिकाले रुससँग सावधान हुनुपर्ने पनि बताएका छन् । आगामी जनवरी २० मा अमेरिकी राष्ट्रपति पदबाट बिदा लिन लागेका उनले उत्तराधिकारी डोनाल्ड ट्रम्पको सबैले आ–आफ्नो काम गर्नुपर्ने भनेर अभिव्यक्ति दिइरहेका बेला ओबामाले यस्तो कदम चालेका हुन् ।
रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले रुसले यस कदमको उचित जवाफ दिने चेतावनी दिएका छन् ।
यसैबीच युक्रेनले पछिल्ला दुई महिनामा साढे ६ हजार साइबर हमला भएको जनाएको छ ।
युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले यी हमलाहरुमा रुसको सिधा र अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन् । मस्कोले भने यो आरोपको खण्डन गरेको छ ।