एजेन्सी । अमेरिकी विदेशमन्त्री जोन केरीले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा इजरायली बस्तीलाई अवैध ठहर गर्दै हटाउने प्रस्तावलाई समर्थन गर्ने निर्णयको बचाउ गरेका छन् ।
केरीले इजरायल र प्यालेस्टाईनलाई गम्भीर नोक्सानीबाट बचाउन यस्तो निर्णय गरेको बताएका छन् । उनले सुरक्षित इजरायल र व्यहारिक प्यालेस्टाइन बिना इजरायलले कहिल्यै पनि शान्ति हासिल गर्न नसक्ने बताए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा परिषदको निर्णयलाई लज्जास्पद भएको बताएका थिए । साथै उनले अमेरिकी नीतिमा पनि परिवर्तन आएको उल्लेख गरेका थिए ।
प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बासले इजरायलले बस्ती बनाउँन बन्द गरे वार्ताका लागि तयार रहेको बताएका छन् । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले गत शुक्रबार इजरायलको बसाएको अवैध बस्तीमाथि रोक लगाउने निर्णय गरेको थियो ।