कविता बुन्नु

उन्नु उधिन्नु
घाम बनाउनु
ओढ्नु
र तातो बनाउनु
भन्दा भन्दै
वित्यो समय
कहाँबाट हिंडेर
कहाँ पुगियो
गन्नै सकिएन
अभ्यस्त
जीवनको गति जस्तै
मात्र हिंडियो
आधा शताब्दीभन्दा
बढी
कविता बुन्नुमै
लागियो
न कविता बन्यो
न घाम ओढ्न पाइयो
सकस
पूर्ण सकस
अर्ध सकस
होइन भनुँ भने
जहाँको तहीं
उभिनु
जीवन ठिहि¥याउनु
जाडो हुनु
थर्थर काँप्नु
भनुँ भने
कविता नहुनु
विद्रोह मर्नु
आगो निभ्नु
त्याग मर्नु
वीरता नबल्नु
शब्द नचिनिनु
वर्ण हराउनु
ध्वनि नफुट्नु
अन्ततः
कविता नबन्नु
अँध्यारो हुनु
आफैले आफैलाई
नदेख्नु
सगरमाथा भत्केर
खण्डहर बन्नु
सीमा सिसाझै
फुटेर
यताउति हुनु
हिजो नहुनु
अस्ति नहुनु
आफ्नै नाक नहुनु
खट्टा नहुनु
स्मृति हराउनु
गजब हुनु
अपरिचित हुनु
सूक्ष्म जीव हुनु
साँच्ची
घाम नहुनु
कविता नबन्नु
जीवनभरिको सपना
पुरा नहुनु
अपराधी बन्नु
विम्ब प्रतीक
बिरुप हुनु
नायक नहुनु
आदर्श भत्किनु
जनद्रोहीमा
रुपान्तरित हुनु
अन्ततः
कविता नहुनु

कविताको खोजीमा
मुक्ति सपना
बोकेर
सशस्त्र विद्रोहको
नयाँ कविता
बनाउन खोज्नु

प्रतिक्रिया

सम्बन्धित खवर