
काठमाडौं । नेपाल पुलिसले पुर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तरगत महिला १० मिटर एयर राईफल टिम ईभेन्ट्समा स्वर्ण हात पारेको छ ।
अस्मिता राई, फुलमाया क्याप्छाकी र दुर्गा सिंजालीको जोडीले कुल ११२२ अंक हासिल गर्दै स्वर्ण प्राप्त गरेका हुन् । रजत पदक प्राप्त गर्न सफल मध्यपश्चिमले १०६८ अंक हासिल गर्यो ।
मध्यपश्चिमको टिममा शान्ति बिष्ट, सिता सिंह र रुशी सोमै थापामगर रहेका थिए ।
यस्तै विना परियार, कल्पना परियार र सुविना तामाङ्गको आर्मीको टिमले १०५४ अंकमा खुम्चिंदै कास्य पदकमा चित्त बुझाए ।