गोमा । कंगोमा जातीय समूहका मिलिसियाबीच भएको हिंस्रक संघर्ष र हमलामा कम्तीमा पनि ३५ जनाको मृत्यु भएको छ ।
हिंसाको सुरुआत एरिंगेटी इलाकामा केहीको निर्ममतापूर्वक हत्यार भएपछि सुरु भएको हो ।
क्षेत्रीय अधिकारी अमिसी कालोन्डाले एलाईड डेमोक्रेटिक फोर्सेजका विद्रोहीले एरिंगेटी इलाकामा शनिबार आक्रमण गरेर २२ जनाको हत्या गरेको बताएका छन् ।
त्यसपछि हिंसाका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको हो ।
हुतु मिलिसियाले यस इलाकामा नान्दे समुदायका १३ जनाको हत्या गरेपछि सो हिंसा भएको थियो ।