‘एउटा कम्युनिष्टका लागि, पार्टीको सर्बहारा वर्गचरित्रको रक्षा गर्न आवश्यक पर्ने महत्वपूर्ण कुरा उसको सर्बहारा वर्गीय जाँंगरलाई मजबुत गराउनु हो । हामीले बुझ्नु पर्दछ कि माक्र्सवादी–लेनिनवादी राजनीतिक पार्टी निर्माण गर्ने र यसको सर्बहारा वर्गीय चरित्र रक्षा गर्ने कुरा हरेक पार्टी सदस्यको कार्यभार हो । पार्टी एउटा जीवित वस्तु जस्तै हो, र यसका सदस्यहरु जीवित वस्तुका कोषहरु जस्तै हुन् । प्रत्येक पार्टी सदस्यहरुमा जति धेरै उत्साह हुन्छ, त्यति नै उसले उदाहरणीय भूमिका पुरा गर्न सक्दछ र त्यति नै राम्रोसँंग पार्टीको सर्बहारा वर्गीय चरित्रको रक्षा हुनेछ ।’

पार्टीको चरित्रका सम्बन्धमा पार्टीमा चल्ने दुई–लाईन संघर्ष सँधैं निकै तीखो हुने गरेको छ । अवसरवादी कार्यदिशा अंँगालेका सबै नेताहरुले सर्बहारा क्रान्तिलाई ध्वंश गर्ने आफ्नो आपराधिक उद्देश्यलाई पुरा गर्नका निम्ति सर्बहारा वर्गको राजनीतिक पार्टीको चरित्रलाई दुषित गर्न संँधै कोशिस गर्दै आएका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा पुराना संशोधनवादीहरु, बर्नस्टिन र ट्राट्स्किले हर प्रकारका गलत प्रचारबाजी गरे र सर्बहारा वर्गको पार्टीलाई सुधारवादी पार्टीमा बदल्न हर संभब प्रयास गरे । तिनीहरुकै कारण दोस्रो अन्तर्राष्ट्रियको पतन भयो । आधुनिक संशोधनवादीहरु, ख्रुश्चोभ, ब्रेजनेभ र कम्पनीले “श्रमजीवि वर्गको पार्टी सोभियत जनताको अग्रदस्तामा रुपान्तरित भैसकेको छ, यो सम्पूर्ण जनताको पार्टी भएको छ” र “यो सम्पूर्ण जनताको राजनीतिक संगठन हो” भन्ने दावी गर्दै विगतका संशोधनवादीहरुका फाटेका जामा लगाएर “सम्पूर्ण जनताको पार्टी” भन्ने बकबासलाई अगाडि ल्याईरहेका छन् । जस्तो सबैलाई थाह छ, तिनीहरुले सर्बहारा वर्गको राजनीतिक पार्टीलाई विकृत गरेका छन्, लेनिनले स्थापना गरेको रुसी कम्युनिष्ट पार्टीलाई एउटा संशोधनवादी पार्टी, फासिष्ट पार्टीमा बदलेका छन् ।

यो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको लागि एउटा गम्भीर शिक्षा हो । पार्टीको चरित्रको प्रश्नमा हाम्रो पार्टीमा पनि तीखो संघर्ष चलेको छ । पार्टीको चरित्रलाई विकृत गर्ने प्रयास स्वरुप श्रमजीवि वर्गको ठग र विश्वासघाती लिउ शाओ चिले “पार्टी जनसमुदायको पार्टी हो, जनताको पार्टी हो” भन्ने विचार प्रवाह गर्न हर प्रयत्न ग¥यो । महत्वाकांक्षी, षड्यन्त्रकारी, पाखण्डी, प्रतिक्रान्तिकारी र राष्ट्रघाती लिन पियाओले पनि पार्टीको आधारभूत कार्यदिशा र कार्यक्रम बदल्न यस्तै प्रयत्नहरु ग¥यो । कथित साम्यवादको निकम्मा ब्राण्ड अगाडि सारेर उसले हाम्रो माक्र्सवादी पार्टीलाई प्रतिक्रान्तिकारी पुनस्र्थापनाको हतियार संशोधनवादी पार्टीमा बदल्ने आशा ग¥यो । लिन पियाओको आलोचना गर्न र कार्यशैलीलाई सुधार्न अध्यक्ष माओले व्यक्तिगतरुपमा सुरु गर्नु भएको र नेतृत्व गर्नुभएको महान सर्बहारा सांस्कृतिक क्रान्ति र आन्दोलनले पार्टीको चरित्र बदल्ने र पुँजीवादको पुनस्र्थापना गर्ने ल्यु शाओ ची र लिन पियाओको आपराधिक षड्यन्त्रलाई पूर्णत ध्वस्त पा¥यो । हाम्रो पार्टी पहिल्यै भन्दा शुद्ध, खंदिलो र बलियो भएर देखा प¥यो । पार्टी भित्र चल्ने दुईलाईनका बीचको संघर्षले पार्टीको चरित्र रक्षा गर्ने कुराको महत्वलाई गहिरो गरी दर्शाउंँछ । यो पार्टी र सत्ताको भाग्यसँंग र क्रान्तिको जित हुन्छ कि हार हुन्छ भन्ने प्रश्नसंँग घनिष्ट रुपले जोडिएको छ । माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारालाई प्रयोग गरेर निरन्तर पार्टी निर्माण गरिराख्ने, पार्टीको चरित्रलाई विकृत गर्न संशोधनवादीहरुले गरेका षड्यन्त्रलाई भण्डाफोर र दुरुत्साहित गर्ने कामले पार्टीले सँधै सर्बहारा चरित्र जोगाई राख्ने कुरालाई सुनिश्चित गर्ने छ ।

एउटा कम्युनिष्टका लागि, पार्टीको सर्बहारा वर्गचरित्रको रक्षा गर्न आवश्यक पर्ने महत्वपूर्ण कुरा उसको सर्बहारा वर्गीय जाँंगरलाई मजबुत गराउनु हो । हामीले बुझ्नु पर्दछ कि माक्र्सवादी–लेनिनवादी राजनीतिक पार्टी निर्माण गर्ने र यसको सर्बहारा वर्गीय चरित्र रक्षा गर्ने कुरा हरेक पार्टी सदस्यको कार्यभार हो । पार्टी एउटा जीवित वस्तु जस्तै हो, र यसका सदस्यहरु जीवित वस्तुका कोषहरु जस्तै हुन् । प्रत्येक पार्टी सदस्यहरुमा जति धेरै उत्साह हुन्छ, त्यति नै उसले उदाहरणीय भूमिका पुरा गर्न सक्दछ र त्यति नै राम्रोसँंग पार्टीको सर्बहारा वर्गीय चरित्रको रक्षा हुनेछ । सर्बहारा वर्गीय पार्टी स्पिरिटलाई बलियो बनाउन, एउटा कम्युनिष्टले माक्र्सवादी अडान, दृष्टिकोण र विधीलाई मेहनतसाथ पढ्न, अध्ययन गर्न र आत्मसात गर्न कोशिस गर्नु पर्दछ । उसले सिद्धान्त र व्यवहारलाई जोडन र सही कार्यदिशालाई गलत कार्यदिशाबाट छुट्यााउने र सच्चा माक्र्सवादलाई नक्कली माक्र्सवादबाट अलगगर्ने क्षमताको बृद्धि गर्न सक्नु पर्दछ । उसले संधै पार्टीको आधारभूत कार्यदिशालाई र “तीन गर र तीन नगर”को सिद्धान्तलाई दिमागमा राख्नु पर्दछ र उसले गलत कार्यदिशा र प्रवृत्तिहरुका बिरुद्ध निर्मम संघर्ष गर्ने आंँट पनि गर्नु पर्दछ । यसो गर्नका निमित्त, उसले तीन महान् क्रान्तिकारी आन्दोलनहरुको व्यवहारमा सक्रियतापूर्वक हाम फाल्नु पर्दछ, पार्टीको वैचारिक स्तरलाई भेटाउनका लागि आफ्नो विश्व दृष्टिकोण बदल्न अथक मेहनत गर्नु पर्दछ र साम्यवादको दृढ योद्धा बन्न आफूलाई प्रशिक्षित गर्नु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर