ओलीको अडान : संविधान संशोधन विधेयकलाई छलफलमा लान दिन्न

ओलीको अडान : संविधान संशोधन विधेयकलाई छलफलमा लान दिन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा संविधान संशोधन विधेयकलाई संसदमा छलफलमा जान नदिने अडान दोहो¥याएका छन् ।

बुधबार बिहान पूर्व सांसद मञ्च नेपालका प्रतिनिधिसँगको भेटघाटका क्रममा उनले सरकार निर्वाचनको घोषणा गरे एमालेले साथ दिने बताए ।

वर्तमान सरकार निर्वाचन नगराउने नियतबाट अघि बढेको उनको आरोप छ । भेटका क्रममा पूर्व सांसद मञ्चका प्रतिनिधिहरुले ठूला दलहरुलाई मिलेर समस्या समाधान गर्न सुझाव दिएका थिए ।

जवाफमा ओलीले भने काँग्रेसले नै ठूला दलहरु मिलेर अघि बढ्न नहुने नीति लिएको कारण समस्या समाधानका कठिनाई भएको टिप्पणी गरे ।