hukum-singhक्रान्तिलाई नेतृत्व दिने पार्टी भनेको कम्युनिष्ट पार्टी हो,र माक्र्सवाद—लेनिनवाद—माओवाद कम्युनिष्ट पार्टीकोे विचार र व्यवहारमा मार्गनिर्देश गर्ने सिद्धान्त हो । यो हामी सबैलाई थाहा भएको कुरा हो । यद्यपि हामीमध्ये धेरै कम्युनिष्ट विचार अथवा मालेमा विचार भनेको सही मानेमा के हो भन्नेमा नै निश्चित छैनौ र यसका विभिन्न भागहरू अथवा पक्षहरू के हुन ? केहीले यसलाई माक्र्स, लेनिनको सामान्य विचारका रूपमा बुझ्छन् र यस्तो बुझाइ अपूर्ण, अपर्याप्त र सतही छ । के आवश्यक छ भने विषवस्तुभित्र गहिरोगरी पस्ने र यसको भित्री आत्मीय अर्थलाई बुझनु ।

लौ अब हामीले मालेमा विचारको यो अर्थलाई बुझन कोशिस गरौ । त्यो समय जब माक्र्स र ऐगेल्सले साम्यवादको सिद्धान्त पहिलोपटक विकास गरिरहेका र प्रचारप्रसार गरिरहेका थिए, ऐगेल्सले, १८४७मा ‘साम्यवादका सिद्धान्तहरू’नामको पुस्तिका ड्राफ्ट गरेका थिए । यसमा उनले कम्युनिज्म भनेको के हो ? त्यसलाई निम्नलिखित ज्यादै सरल तरिकाले परिभाषित गरेका छन्, ‘कम्युनिज्म सर्वहारावर्गको मुक्तिका लागि पूर्वावश्यक सिद्धान्त हो ।’

त्यसरी एगेल्सले, यसको संक्षिप्त परिभाषामा वर्णन गर्दछन् कि कम्युनिष्ट विचारको मूलभूत गुण श्रमिक वर्ग(सर्वहारा)को अन्तिम स्वतन्त्रता प्राप्त गर्न आवश्यक हो । यो स्वतन्त्रता अन्त्यमा कम्युनिष्ट समाजको स्थापना गरेर प्राप्त गरिन्छ । स्तालिनले यहि चीजलाई निम्न तरिकाले वर्णन गरेका छन्, ‘माक्र्सवाद प्रकृति र समाजको विकासलाई निर्देशित गर्ने कानुनहरूको विज्ञान हो, शोषित र उत्पीडित जनसमूहको क्रान्तिको विज्ञान हो, सबै देशहरूमा समाजवादको विजयको विज्ञान हो, एउटा कम्युनिष्ट समाज विकासको विज्ञान हो ।’ प्रथम,यो एउटा विज्ञान हो, जसले समाजमात्रै नभई प्रकृतिको समग्र पक्षसँग जोडिएका विभिन्न प्रश्नहरूको उत्तरहरू दिन्छ । दोस्रो यो क्रान्तिको सन्दर्भको एउटा विज्ञान हो र यो क्रान्ति धनीको(पुँजीपति वर्गको पहिलेका पुँजीवादी क्रान्तिहरू जस्तै) होइन, बरू गरीब र बडो कठिनाइका साथ बाँचेका जनसमूहहरूको क्रान्ति हो । र, तेस्रो यो समाजवादी र कम्युनिष्ट समाजको निर्माणको विज्ञान हो । यो विज्ञानलाई कार्लमाक्र्स, भलादिमिर लेनिन र माओत्सेतुङ, जसले यसको स्थापना र विकासका लागि सबैभन्दा महान भूमिका निर्वाहा गरे, ती तीनजना गुरूहरूले विकास गरेको सिद्धान्तको नामबाट आजकल यसलाई माक्र्सवाद—लेनिनवाद—माओवाद नाम दिइएको छ । यी तीन बाहेक, अन्य दुई जना महान् गुरूहरू फ्रेडरिक एगेल्स, जो माक्र्सका समकालीन कमरेड थिए र जसले माक्र्सवादको आधार तयार पार्न उनीसँग नजिकमा रहेर काम गरे र साथै उनले माक्र्सको मृत्युपछि यसलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेले र जोसेफ स्तालिनले लेनिनको मृत्युपछि माक्र्सवाद—लेनिनवादको विकास र त्यसको रक्षा गरे । उनीहरूले खेलेको यो अति महत्वपूर्ण भूमिकालाई हामीले मान्यता दिनै पर्दछ ।

माक्र्सवाद
माक्र्सवादवारे १५० वर्षभन्दा ज्यादा पहिले पहिलो पटक माक्र्सद्वारा ऐगेल्सको मद्दतमा काम गरिएको थियो । माक्र्सवादको सैद्धान्तिक भागहरूः द्वन्द्वात्मक भौतिकवादी दर्शन र उनको ऐतिहासिक भौतिकवादको भौतिकवादी अवधारणा, माक्र्सवादी राजनीतिक अर्थशास्त्र जसले पुँजीवादको गतिको नियम पत्ता लगायो र यसका अन्तरविरोधहरू र अतिरिक्त मूल्यको सिद्धान्त जसले शोषणका स्रोतलाई नांगेझार बनाइदियो र वर्ग सङ्घर्षको सिद्धान्तमा आधारित वैज्ञानिक समाजवादको सिद्धान्त र सर्वहाराको वर्गसङ्घर्षको कार्यनीतिहरूलाई निर्देशित गर्ने सिद्धान्तको खाका तयार पार्ने काम ग¥यो ।
लेनिनवाद
यो भनेको साम्राज्यवादी युगको माक्र्सवाद र सर्वहारा क्रान्ति हो । यसको पहिलो पटक विकास लेनिनले रसियन क्रान्तिको दौरानमा अठारौ शताब्दीको अन्त्यतिर दोस्रो अन्तर्राष्ट्रियको अवसरवादसँगको लडाईंमा गरे, र जब तेस्रो अन्तर्राष्ट्रिय हु“दै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन अगाडि बढिरहेको थियो, लेनिनवादले, माक्र्सवादको रक्षा गर्दै र विकास गर्दै, निम्नलिखित महत्वपूर्ण योगदानहरू ग¥यो । प्रथम साम्राज्यवादअन्तर्गत पुँजीवादको गतिको नियमको पत्तो लगायो र तिनीहरूले साम्राज्यवादी शक्तिहरूलाई युद्धमा लैजानु अनिवार्य हुनेछ भनेर भविष्यवाणी ग¥यो । द्वितीय सिद्धान्तको क्षेत्रमा गुणात्मक विकास र समाजवादी क्रान्तिजस्तै पुँजीवादी जनवादी क्रान्तिको दौरान सर्वहारा क्रान्तिको अभ्यासमा जोड दियो । तृतीय सर्वहाराको अधिनायकत्वको सम्बन्धमा स्पष्ट बुझाई, साथै समाजवादी निर्माण सन्दर्भमा पहिला सिद्धान्तहरू जस्तै, जनजाति आन्दोलनहरूका लागि सिद्धान्त र अभ्यास प्रदान गर्दै र उपनिवेशहरूमा आन्दोलनहरू र विश्व समाजवादी क्रान्तिलाई राष्ट्रिय मुक्ति आन्दोलनहरूमा जोड्दै, नयाँ प्रकारको पार्टी—लेनिनवादी पार्टीको संगठनात्मक सिद्धान्तको विकास आदि । स्तालिनले लेनिनवादको रक्षा र विकास, विशेषगरी समाजवादी निर्माणकालमा शासनका नियमहरू र सिद्धान्तहरूमा गरिएको योगदान उल्लेखनीय छ ।
माओवाद
यो वर्तमान युगको माक्र्सवाद— लेनिनवादको प्रयोगका लागि एउटा विस्तार र विकास हो । यो माओले चिनियाँ क्राान्तिको कोर्सको दौरान, समाजवादी निर्माणको प्रक्रियाको दौरान, आधुनिक संशोधनवाद विरूद्धको लडाईंमा, र खासगरी महान सर्वहारा साँस्कृतिक क्रान्तिको दौरान यसको विकास गरे । माओवादको योगदानहरूले निम्न विशेषताहरू समावेश गर्दछः १. अन्तरविरोधहरूको सिद्धान्त, ज्ञानको सिद्धान्तको विकास र ‘जनताबाट लिएर जनतालाई दिने’को मास लाइनको सुत्रवद्ध, २.नयाँ जनवादको सिद्धान्त, औपनिवेशिक तथा नव–औपनिवेशिकहरूका लागि क्रान्तिको मार्गको सुत्रबद्ध र क्रान्तिका तीन जादुगरी हतियार—पार्टी, जनताको सेना र संयुक्त मोर्चाका निर्माण, ३. दीर्घकालीन जनयुद्धको सिद्धान्तको विकास र फौजी युद्धको सिद्धान्तको विकास,४. दुई लाइन सङ्घर्षको बुझाइमा आधारित सर्वहारा पार्टीको सङ्गठनात्मक सिद्धान्तको विकास, सुद्धीकरण अभियानहरू र आलोचना र आत्मआलोचना, ५. चिनियाँ र सोभियत अनुभवको आधारमा समाजवादको राजनीतिक अर्थशास्त्रको विकास र समाजवादी रूपान्तरणको प्रक्रियामा अन्तरविरोधहरूको सही सञ्चालनद्वारा समाजवादी निर्माणको प्रक्रियाको द्वन्द्वात्मक बुझाइ, र ६. अन्त्य र अति महत्वपूर्ण, समाजवादलाई मजवुत बनाउन, आधुनिक संशोधनवादका विरूद्ध लडन र पुँजीवादको पुनस्र्थापनालाई रोक्न सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त र यसको ठोस परावर्तन महान् सर्वहारा साँस्कृतिक क्रान्तिमा भयो । सारांशमा माक्र्सवाद, लेनिनवाद, र माओवाद यसरी आपसमा बेग्लाबेग्लै विचारहरू होइनन्, बरू उही विचार र एउटैको विकसित र निरन्तर बृद्धिलाई जनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर