काठमाडौं–नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपालको व्यापार घाटा २०१ अर्ब पुगेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको १९ औं स्थापना दिवसको अवसरमा गर्भनर नेपालले सो कुरा बताएका हुन् । नेपालको व्यापार घाटा २०१ अर्ब रहदै गर्दा देशको निर्यात १८ अर्ब र सञ्चितिको स्थिति एक हजार ५४ अर्ब रहेको पनि बताए ।
उक्त कार्यक्रममा समाजका अध्यक्ष गोकर्ण अवस्थीको सभापतित्वमा सम्पन्न कार्यक्रकमा उपराष्ट्रपति नन्दकिशोर पुनले सेजन एवार्ड तथा छात्रवृत्ति पाउने छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेका थिए ।