एनएमबीको कर्पोरेट इन्टरनेट बैंकिङ सिस्टम सेवा सुरु

एनएमबीको कर्पोरेट इन्टरनेट बैंकिङ सिस्टम सेवा सुरु

nmb-bankकाठमाडौंः एनएमबी बैंकले कर्पोरेट ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ‘एनएमबी कर्पोरेट इन्टरनेट बैंकिङ सिस्टम’ सेवा सुरु गरेको छ । विश्वको कुनै पनि ठाउँबाट आफ्नो कर्पोरेट ग्राहाकहरुले आफ्नो बैंकिङ खाताको विवरण र सुरक्षित कारोबारको प्रक्रियालाई अझै सरल बनाउने लक्ष्यका साथ नयाँ सेवा सुरु गरेका हो ।

यो सिस्टमबाट सेवाग्राहीहरुले सम्पुर्ण कारोबारको विवरण प्रत्यक्ष रुपमा हेर्न सक्ने बैंकले जनाएको छ र कर्पोरेट इन्टरनेट बैंकिङ सिस्टम नेपाली बैंकिङ क्षेत्रमा पहिलो भएको दाबीसमेत बैंकले गरेको छ ।