एजेन्सी । नासाका वैज्ञानिकले अन्तरिक्ष अन्वेषणमा जाने ओरियन अन्तरिक्ष यानमा सहभागी हुने अन्तरिक्ष यात्रीलार्इ ब्रेकफास्टका लागि फुड बार बनाउन जुटेका छन् ।
अन्तरिक्षा यात्री गहन अन्तरिक्ष अन्वेषणमा जुटेका बेला उसलाई यस्तो खानाको आवश्यकता पर्दछ, जसले उसलाई स्वस्थ र तन्दुरुष्त राख्न सकोस् ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहने चालक दलका सदस्यलाई भोजनका लागि २०० विकल्प हुन्छन् र उनीहरुले जुनलाई पनि छान्न सक्छन् । उनीहरुका लागि संग्रहका लागि पर्याप्त स्थान समेत हुन्छ ।
तर गहन अन्तरिक्षा अन्वेषण अभियानका क्रममा केही चुनौतीहरु आउछन्, जसलाई समाधान गर्नका लागि वैज्ञानिकहरु जुटेका छन् । ओरियनमा भोजन र अन्य साना राख्नका लागि सीमित स्थान रहेको छ, जसको आवश्यकता अन्तरिक्षयात्रीलाई आफ्नो अभियानका क्रममा पर्ने गर्दछ ।
वैज्ञानिकहरुले क्यालोरी भएको खाजाको विकास गर्न सकेमा अन्य सामान लिएन जान सम्भव हुने भएकाले उनीहरु यसमा जुटेका हुन् ।
ओरियनका लागि स्वास्थ्य तथा चिकित्सा विज्ञान प्राधिकरणका अधिकारी जेसिका वासले तौल कम गर्न र चालक दलका सदस्यका लागि नास्ताको प्याकिङ र संग्रहको तरिका पत्ता लगाउने कोशिस गरिरहेको बताएकी छन् ।