एजेन्सी । ब्राजिलियन फुटबल खेलाडीसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटनाग्रस्त बनेको छ । बोलिभियाबाट उडेको सो विमानमा चालक दलका ९ सदस्यसहित ८१ जना सवार थिए ।
विमान दुर्घटनालगत्तै उद्दारकर्ताहरु उद्दारमा खटिएका छन् । विमान इलेक्ट्रिोनिक समस्याका कारण दुर्घटना भएको र ६ जना मात्रै जिवीत रहेको जनाइएको छ ।
मेडेलिन अन्तर्राष्ट्रिय विमास्थलका लागि उडेको सो विमानमा ब्राजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेको अधिकारीहरुले बताइएको छ ।
उनीहरु एथ्लेटिको नेशनलविरुद्ध दक्षिण अमेरिकी क्लब कपको फाइनल खेल्न कोलम्बिया गएका थिए । मेडलिन नजिकै दुर्घटनामा परेको विमान चार्टर गरिएको थियो । दुर्घटनापछि फाइनल खेल स्थगित भएको छ ।