aamir-khan_kiran-raoमुम्बई । मुम्बईको बान्द्रास्थित अमिर खानकी पत्नीको घरबाट ८० लाख बराबरका गहना चोरी भएका छन् ।

अमिरकी पत्नी किरण रावका नातेदारले गहना चोरी भएको उजुरी प्रहरीमा दर्ता गराएका हुन् ।

प्रहरीले घटनाबारे छानविन सुरु गरेको जनाइएको छ । अमिर खान र किरण राव कार्टर रोडस्थित एक अपार्टमेन्टमा बस्छन् ।

उनले गत सातामात्रै आफ्नो हिराको औठी र नेकलेस हराएको पत्ता पाएकी थिइन् । उनको घरमा काम गर्न बसेकी महिलाल गहना चोरेको आशंकासहित उजुरी हालिएको भएपनि यसको कुनै प्रमाण नभएको जनाइएको छ ।

प्रहरीले किरण रावका कुक फरजाना, सहायक सुजैना र कामदार झुमकीसँग सोधपुछ गरेको छ । अहिले सम्म यस घटनाबारेमा प्रहरी र किरणको आधिकारिक भनाई भने बाहिर आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर