नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य तथा अवध राज्य संयोजक प्रेमनाथ सुवेदीको प्रमुख आतिथ्यतामा हालै सम्पन्न देजमो नवलपरासी एक भेलाले वृजदेव पाण्डेको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य अशोक लम्सालको समेत उपस्थिति रहेको उक्त भेलाको अध्यक्षता मोर्चाका केन्द्रीय सदस्य समेत रहेका वृजदेव पाण्डेल गरेका थिए भने संचालन पार्टीका जिल्ला सेक्रेटरी क्षेत्रबहादुर थापाले गरेका थिए ।
उक्त भेलाले देजमो नवलपरासीको सहसंयोजकमा दुर्गा पौडेल र चुडामणी भण्डारी चुनिएका छन् भने सचिवमा रवि पाण्डे र कोषाध्यक्षमा कल्पना गौतम चुनिएका छन् । त्यसैगरी जिल्ला सदस्यहरुमा विनोद थापा, राम आश्रय कमाल, गीता पाण्डे, धनन्जय पौडेल, बोल्गा नेपाल, पिताम्बर फालमगर, श्यामबहादुर कुमाल, उत्तम थापामगर, खड्गबहादुर बाह्रघरे, उर्मिला थापा, पिताम्बर तिवारी, रामचन्द्र गौतम, दुर्गा चौधरी, चुडामणी भण्डारी, रामकुमार श्रेष्ठ, भोला रिजन, विष्णु गैरे, दीपक अर्याल, गणेश भट्टलगायत निर्वाचित भएका छन् ।