त्रिचन्द्र क्याम्पसमा क्रान्तिकारीको इकाई समिति गठन

त्रिचन्द्र क्याम्पसमा क्रान्तिकारीको इकाई समिति गठन

student-trichandraकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को भातृ संगठन अखिल (क्रान्तिकारी) ले काठमाडौंको त्रिचन्द्र क्याम्पसमा इकाई समिति निर्माण गरेको छ ।

संगठनको केन्द्रीय संगठन निर्माण अभियान अन्तर्गत मंगलबा भएो एक भेलालले विनोद केसीको अध्यक्षतामा ६१ सदस्यीय समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा अशोक केसी, समिर आचार्य, विजय खड्का, सचिवमा सुजन सापकोटा, सहसचिवमा सञ्जित न्यौपाने, निरज थापा, सहसचिवमा सुविन्द्र भण्डारी, गोविन्द बस्नेत र कोषाध्यक्षमा तुलसा कार्की रहेका छन् ।

समिति गठनको सो भेलामा अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक सेवन्तराज भण्डारी, उपत्यका संयोजक ज्ञानु खतिवडा, केन्द्रीय सदस्य शिलु न्यौपानेलगायतको पनि सहभागिता थियो ।