ह्वाइट हाउस पस्न लागेका ट्रम्पको भनाईको ह्वाइट हाउसले नै गर्यो खण्डन

ह्वाइट हाउस पस्न लागेका ट्रम्पको भनाईको ह्वाइट हाउसले नै गर्यो खण्डन

Trumpकाठमाडौं । गत नोभेम्बर ८ मा भएको राष्ट्रपतिको निर्वाचनमा लाखौं अवैध मत खसेको भनेर राष्ट्रपतिमा निर्बाचित डोनाल्ड ट्रम्पले लगाएको आरोपको ह्वाइट हाउसले खण्डन गरेको छ । 

ह्वाइट हाउसले ट्रम्पको आरोपको कुनै प्रमाण नरहेको समेत स्पष्ट पारेको छ । ह्वाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले अवैध मत खसेको भन्ने ट्रम्पको आरोप अस्वीकार गरेका हुन् ।

राष्ट्रपतिमा निर्वाचित ट्रम्पले लाखौं अवैध मत नखसेको भए आफूले पपुलर मतमा समेत जित्ने दाबी गरेका थिए । पपुलर मतमा डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन ट्रम्पभन्दा भारी मतान्तरमा अघि देखिएकी छन् । 

रिपब्लिकन पार्टीका ट्रम्पले प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले जितेको भर्जिनिया, न्यू ह्याम्सायर र क्यालिफोर्नियामा धाँधली भएको आरोप लगाएका छन् ।

ट्रम्पले सबै महत्वपूर्ण इलेक्टोरल मतमा जित हासिल गरेका थिए । क्लिन्टनले विस्कन्सीनमा पुनः मतगणना गर्ने ग्रिन पार्टीकी उम्मेदवारको मागलाई समर्थन गरेपछि पछिल्लो विवाद सतहमा आएको हो ।