गुल्मी । घरबाट भागेका चार किशोरीको जिल्ला प्रहरी कार्यालय गुल्मीले उद्दार गरेको छ ।
घरबाट भागेर बुटवलतर्फ जान लागेका उनीहरुलाई विशेष सूचनाका आधारमा रेसुंगा नगरपालिका–४ स्थित जोगिथुमबाट उद्दार गरेको हो ।
लु १ ख ८८५५ नम्बरको बसबाट ती किशोरीहरु बुटवलतर्फ जाँदै गरेको सूचना पाएपछि सिमलटारीदेखि तम्घासतर्फ आउँदै गरेको सो बसमा प्रहरीले खोजतलास गर्दा ती किशोरी फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उद्धार गरिनेमा गुल्मीको सिर्सेनी गाविस–३ कि १२ वर्षीया सुनिता नेपाली, १४ वर्षीया विमा नेपाली, १६ वर्षीया रीता नेपाली र सोही गाविस–२ निवासी १२ वर्षीया लक्ष्मी नेपाली रहेका छन् ।
प्रहरीले उनीहरुलाई सोधपुछ गरी किशोरीका आफन्तलाई जिम्मा लगाएको छ ।