यी हुन्, फिडेल क्यास्ट्रोबारे तपाईलाई थाहा नभएका १० रहश्य

यी हुन्, फिडेल क्यास्ट्रोबारे तपाईलाई थाहा नभएका १० रहश्य

castroएजेन्सी । क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा गत शुक्रबारराति निधन भएको छ । क्युबामा कम्युनिष्ट क्रान्तिका जनकका रुपमा चर्चित फिडेल आफ्नो जीवनमा सुरक्षाको यति मजबुत क्षेत्रमा बस्दथे कि उनका बारेमा धेरै कुरा बाहिर नै आउँदैन थिए ।

कुनै कुरा उनको जीवनमा आइपरेमा पनि धेरै लामो समयपछि मात्रै सार्वजनिक हुने गर्दथ्यो ।

क्युबामा उनको निजी जीवनलाई लिएर कुराकानी हुँदैन थियो भने कुनै मिडियाले रिपोर्ट पनि बनाउन सक्दैन थिए । उसको सुरक्षाका कारण हरेक समयमा तस्बिर लिन समेत स्वीकृति थिएन । उनलाई यति धेरै सुरक्षा व्यवस्था गर्नुका कारण भनेको उनलाई अमेरिकी गुप्तचर एजेन्सी सीआईएबाट उनलाई धेरै खतरा थियो । उनले यसबारेमा सन् २००० मा एक पत्रकार सम्मेलनमा आफूले बाथरुम समेत नगएका कैयौं दिनहरु रहेको बताएका थिए । यसमा भने उनको सुरक्षाको विषयमा मात्रै नभएर उनी नेताको सार्वजनिक जीवन र निजी जीवन अलग अलग विषय भएको र त्यसलाई मिसाउनु हुन्न भन्ने मान्यता राख्दथे ।

चर्चित लेखक ग्राब्रियल गार्सिया मार्केजले उनको बारेमा भनेका छन्, ‘म सोच्दछु कि म फिडेलको बारेमा धेरै जान्दछु । केही मानिसले मेरो सच्चा साथी पनि भन्ने गर्दथे । तर व्यक्तिगत रुपमा फिडेल को हुन् ? वास्तममा फिडेल कस्ता छन् ? कसैलाई थाहा छैन ।’ क्युबा र क्यास्ट्रोमाथि अनुसन्धान गर्ने सीआईएका मुख्य विश्लेषक ब्रायन लाटेनले भनेका थिए, ‘संसारको कुनैपनि चिजको भन्दा कम जानकारी क्यास्ट्राको जीवनबारे उपलब्ध छन् ।’ यस्तो अत्यन्तै गोप्य र सादगीपूर्ण जीवन जिएका क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोबारेका १० रहश्य यसप्रकार छन् । 

१. क्यास्ट्रोको जन्म : क्यास्ट्रोको जन्म कहिले भएको थियो भन्ने विषयलाई लिएर पनि एक मत छैन । उनको जन्म १३ अगस्ट, १९२६ मा भएको हो । तर केही शोधकर्ताले उनको जन्म १९२७ मा भएको भनेर पनि उल्लेख गरेको पाइन्छ । क्यास्ट्रोको विषयमा किताब समेत लेखिसकेका मारियो बेयराका अनुसार क्यास्ट्रोका बाबुले उनको जन्म एक वर्षअघि लेखाएका थिए, ताकि उनले माथिल्लो कक्षामा पढ्न पाउन । क्युबाली क्रान्ति सुरु हुनुअघि उनकी आमाले पनि यस्तै कुरा बताएकी थिइन् । fidel-castro-1

२. क्यास्ट्रोको नाम : उनको वास्तविक नाम फिडेल क्यास्ट्रो होइन । उनको आधिकारिक नाम फिडेल अलेजान्द्रो क्यास्ट्रो रुज हो । उनले आफ्नो नाम परिवर्तन गरेका थिए । यस विषयमा शोध गर्ने ब्राजिली शोधकर्ता क्लाउडिया फरियाटीले क्यास्ट्रोको सुरुवाती दिनका कागजपत्रमा उनको वास्तविक नाम फिडेल हिपोलिटो रुज गोन्जालेज भएको उल्लेख गरेका छन् । सन् १९३८ देखि १९४१ का उनका दस्तावेजका अनुसार उनको नाम फिडेल अलेक्जान्द्रो क्यास्ट्रो रुज लेखिएको छ । उनले अलेक्जेन्डर द ग्रेटको नामबाट प्रभावित भएर उनले आफ्नो नाममा अजेक्जान्द्रो जोडेका थिए । 

३. क्यास्ट्रोको घर : क्यास्ट्रो जुन घरमा बस्दथे, त्यसलाई क्युबाको गुप्तचर सेवाले जिरो प्वाइन्ट नाम दिएको थियो । उनका छोराकी पूर्व प्रेमिकाले सो घरको भिडियो अमेरिकी ब्रोडकास्टर युनिभिजनलाई दिएपछि यसबारेमा पहिलो पटक पत्ता लागेको हो । त्यस भिडियोमा लामो करिडोर, खेलकुदका सामग्री, स्टेनलेस स्टील भएको किचन र डाइनिङ टेबल देखिएको थियो । क्यास्ट्रोको घरको बारेमा अझै रहस्य सुल्झिएको छैन । उनको घर हवानामा गल्फ कोर्स मैदान नजिकै घोडाको आकृतिमा रहेको बतान्छ । उनले सन् २००८ मा राष्ट्रपतिको जिम्मेवारी भाईलाई हस्तान्तरण गरेपछि सामान्य घरमा नै जीवन यापन गर्दै आएका तस्बिर सार्वजनिक भएका थिए । 

४. क्यास्ट्रोको सम्पत्ति : फिडेल क्यास्ट्रोसँग कति सम्पत्ति छ भन्ने बारेमा अहिलेसम्म कुनै आधिकारिक तथ्य छैन । फोब्र्स म्यागाजिनले क्यास्ट्रोलाई पहिलो १९९७ मा सबैभन्दा धनी व्यक्तिको सूचीमा राखेको थियो । सन् २००६ मा सोही म्यागाजिनले क्यास्ट्रोको सम्पत्ति ९० करोड अमेरिकी डलर बराबर भएको बताएको थियो । तर, सो कुरा झुठो भएको भन्दै तत्कालै खण्डन गरेका थिए । उनको जीवनको रहस्यबाट पनि उनको सम्पत्तिबारे सार्वजनिक जानकारी प्राप्त गर्नु कठिन कुरा हो । क्यास्ट्रोको सम्पत्ति भनेर फोब्र्सले सरकारी कम्पनीको सम्पत्ति आकलन गरेर छापेको थियो । 

५. क्यास्ट्रोको ड्रेस : ५० को दशकको सुरुवाती सालमा क्यास्ट्रो हरेक समयमा सैनिक पोसाकमा देखिने गर्दथे । उनले एक पटक युनिफर्म लगाएपछि टाइ लगाउने झण्झट नहुने बताएका थिए । १९९४ मा उनले लेखक साथी ग्राब्रियल गार्सिया मार्केजको सल्लाहमा क्याजुअल सर्ट लगाउन सुरु गरेका थिए । सन् २००६ मा उनको अपरेशन भएपछि उनी स्पोर्ट लुकमा देखिए । टाइम पत्रिकाले उनलाई सबैभन्दा खराब ड्रेस लगाउने नेताका रुपमा सामेल गरेको थियो । fidel-castro-3

६. क्यास्ट्रोको पारिवारिक जीवन : क्यास्ट्रोको केही महिलासँग सम्बन्ध रहेको खुलासा भएको थियो । उनकी पत्नी र बच्चालाई लिएर विभिन्न अड्कलबाजी आउने गरेका छन् । पत्रकार एन लुइस बारडेकले सन् २००९ मा विदाउट फिडेल नामक पुस्तकमा उनका कम्तिमा पनि ६ जना महिलाबाट ११ जना बच्चा भएको उल्लेख गरेका छन् । उनले पहिलो विवाह १९४८ मा मिर्टा डियाज बालार्टसँग विवाह गरेका थिए । उनले पहिलो पत्नीसँग विद्यार्थी जीवनमा नै भेट भएको थियो । उनको यो विवाह १९५५ सम्म मात्रै टिक्यो । एन लुईसका अनुसार सोही वर्ष तीन बच्चा, तीन अलग अलग महिलाबाट जन्मिएका थिए । डालिया सोटो डेलवालेबाट पाँच बच्चा भए । तर उनीसँग १९८० सम्म विवाह गरेका थिएनन् । 

fidel-castro-5७. खेलमा लगाब : फिडेललाई बेसबल खेल्न धेरै मन पर्दथ्यो । यस्तै उनी बास्केटबल समेत खेल्ने गर्दथे । 

८. सिगरेटको टेस्ट : भनिन्छ, कोहिबा ब्राडले त्यसबेला सिगरेट खान सुरु गरे जतिबेला एक बडिगार्डले उनका साथी फिडेल क्यास्ट्रोका लागि सिगरेट बनाए, ६० को दशकमा । उनले सन् १९८५ देखि सिगरेट पिउन बन्द गरेका थिए । 

९. क्यास्ट्रोको भाग्य : क्यास्ट्रोका बारेमा यो भनिन्छ कि उनी भाग्यका धनी थिए । उनले भनेका थिए, ‘ज्यान लिने घातक हमलाबाट बच्ने प्रतियोगिता ओलम्पिकमा हुन्थ्यो भने, मैले स्वर्णपदक जित्ने थिए ।’ कम्तीमा पनि उनीमाथि ६ सय पटक घातक हमला भएको बताइन्छ । fidel-castro-2
१०. कलाकार क्यास्ट्रो : क्यास्ट्रो फिल्म र डकुमेन्ट्रीमा गरी ४८ वटामा अभिनय गरेका छन् । उनले हलिउड प्रोडक्सनका २ फिल्म समेत खेलेका छन् । वेबसाइट आईएमडीबीका अनुसार आफ्नो कलेज जीवनमा क्यास्ट्रोले कम्तीमा दुई वटा फिल्म (द म्युजिकल होलिडे इन मेक्सिको (१९४६) र द कमेडी इजी जु वेड (१९४६) मा भूमिका निभाएका थिए । उनी डान्स गर्न र गाउन नसकेपनि फिल्ममा भूमिका निभाएका थिए ।