चेल्सी शीर्ष स्थानमा कायमै, लिभरपुल र सिटी पनि विजयी

चेल्सी शीर्ष स्थानमा कायमै, लिभरपुल र सिटी पनि विजयी

chelseaकाठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत शनिबारराति भएको खेलमा टोटलह्याम हट्सपरलाई २–१ ले पराजित गर्दै चेल्सी शीर्ष स्थानमै रहन सफल भएको छ । 

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न लण्डन डर्बीमा पाहुना टोली टोनह्याम अग्रता लिएर पनि पराजित हुन पुग्यो । उसका लागि क्रिश्चियन एरिक्सनले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

तर चेल्सीका पेड्रो र भिक्टर मोसेसले एक–एक गोल गर्दै टिमको जितको यात्रालाई निरन्तरता दिए । चेल्सीको लिगमा १३ खेलबा ३१ अंक भएको छ । 

लिग अन्तर्गत शनिबारराति नै भएको अर्को खेलमा लिभरपुलले सण्डरल्याण्डलाई २–० ले हराँउदा स्वान्सी सिटीले क्रिष्टल प्यालेसलाई ५–४ ले पराजित गरेको छ ।

यसैगरी म्यान्चेस्टर सिटीले बर्नलीलाई २–१ ले हराएको छ । लेष्टर सिटी र मिडिल्सब्रोले २–२ गोलको बराबरी खेल्दा हल सिटीले वेष्ट ब्रोमसँग १–१ गोलको बराबरीमा चित्त बुझाएको छ ।

अंक तालिकामा १३ खेलबाट ३१ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ भने समान खेलबाट समान ३०÷३० अंक जोडेका लिभरपुल र म्यान्चेस्टर सिटी क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।