ट्रम्पलाई राष्ट्रपति बन्न सकस, यसरी हुँदैछ रोक्ने प्रयास

ट्रम्पलाई राष्ट्रपति बन्न सकस, यसरी हुँदैछ रोक्ने प्रयास

Trumpएजेन्सी । अमेरिकाको विसकन्सिन राज्यमा अधिकारीहरुले पुनः मतगणनाको तयारी गरेका छन् ।

गत ८ नोभेम्बरमा सम्पन्न निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प प्रतिस्पर्धी हिलारी क्लिन्टनभन्दा थोरै मतान्तरलेमात्रै विजयी भएका थिए ।

अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित मिशिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणना गर्न माग गरेकी छन् ।

यस्तै यो अभियानमा हिलारी क्लिन्टनका समर्थक समेत जोडिएपछि ट्रम्पले साघुरो मतान्तरमा जितेको विसकन्सिनमा पुनः मतगणना हुने सम्भावना बढेको हो ।

उनले ट्रम्पको पक्षमा रहेका ह्याकरहरुले ह्याक गरेर मतपरिणामलाई उल्टाउन भूमिका खेलेको दाबी गरेकी छन् । विसकन्सिनको निर्वाचन आयोगले पुनः मतगणनाका लागि दुईवटा निवेदन परेको प्रष्ट पारेको छ ।

पुनः मतगणनाका लागि जिल स्टेन समूह र डेमोक्रेटि पार्टीको राष्ट्रपति पदका लागि प्राइमरीमा प्रतिस्पर्धामा रहेका व्यापारी रक्की रक डेला फ्युन्टेले निवेदन दिएका हुन् । विसकन्सिन निर्वाचन आयोगका प्रशासक माइकल हासले आयोगले राज्यव्यापी रुपमा पुनः मतगणनाको तयारी रहेको जानकारी दिएका छन् ।

निर्वाचनको पुनः मतगणनाका लागि आवश्यक रकम स्टेनको प्रचार अभियान टोलीले तिरेपछि यसै साताभित्र सुरु हुन सक्ने जनाएका छन् । स्टेनको अभियानले तीन वटा राज्यमा पुनः मतगणनाका लागि लाखौं डलर तिर्नुपर्ने अवस्था छ । अभियानले विसकन्सिन र पेन्सिलभेनियामा पुनः मतगणना सुरु गर्नका लागि पर्याप्त रकम जम्मा भइसकेको दाबी गरेको छ ।

विसकन्सिनमा १० इलेक्टोरल भोट रहेको छ भने मिशिगनमा १६ र पेन्सिलभेनियामा २० इलेक्टोरल भोट रहेको छ । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले २९० इलेक्टोरल भोट जितेका छन् भने डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले २३२ इलेक्टोरल भोट मात्रै जितेकी थिइन् ।