मध्यरातमा भएको जिप दुर्घटनामा ७ को मृत्यु, १८ घाइते

मध्यरातमा भएको जिप दुर्घटनामा ७ को मृत्यु, १८ घाइते

नवलपरासी । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा शनिबारराति भएको जिप दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । 

प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग १ ज ३६३२ नम्बरको जिप दुर्घटना भएको हो । 

दुर्घटनामा परी डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२ वर्षीय दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे, ४९ वर्षीय किशन बाचेको मृत्यु भएको छ । एक जनाको भने सनाखत हुन सकेको छैन् ।

बुलिङटार चौकीमा गाउँको झगडाको विषयमा भएको घटनामा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका हुन् । मान्छेको भीडमा जिपले ठक्कर दिँदा धेरैजना घाइते भएको र मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।

पहाडी भू–भाग भएकाले दुर्घटनालगत्तै घाइतेको उद्धार गर्न कठिनाइ भएको छ । आइतबार बिहान मात्र घाइतेलाई चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा ल्याइएको छ ।

मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ ।