काठमाडौं । थाइल्यान्डमा सुरु भएको टी–२० एसियाकप क्रिकेटमा नेपाल पहिलो खेलमा नै पाकिस्तानसँग पराजित भएको छ ।
शनिबार भएको पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।
बैंककमा नेपालले पाकिस्तानसामु प्रस्तुत गरेको ४८ रनको झिनो लक्ष्य पाकिस्तानले मात्र १० ओभरमा १ विकेट गुमाएर भेट्टायो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निकै खराब प्रदर्शन गरेको थियो । नेपाल १८.१ ओभरमा ४७ रनमा अलआउट भयो ।
नेपालका लागि रुविना क्षेत्रीले ११ रन बनाइन् भने अन्य कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक समेत जोड्न सकेन । ज्योति पाण्डे र इन्दु बर्माले समान ८/८ रन बनाए भने करुण भण्डारीले ६ र निरा राजोपाध्यायले २ रन बनाइन् ।
काजोल श्रेष्ठ र सरिता मगर १÷१ रनमा आउट भए भने अन्य घ जना शून्य रनमा नै पभेलियन फर्किएका थिए ।