flag_of_communistइलाम । नेकपा (क्रान्तिकारी माओवादी) ले संगठन पुर्नगठन एवं विस्तार कार्यलाई द्रुत रुपमा अघि बढाएको छ ।

सोही क्रममा इलाम जिल्लाको सूर्योदय नगर समिति गठन भएको छ । सूर्योदय नगरपालिकाको सभाहलमा भएको एक भेलाले टेकबहादुरर नेपालको संयोजकत्वमा १५ सदस्यीय नगर समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा कमल रिजाल, तोयानाथ घिमिरे, कृष्ण रिजाल, सुवास तामाङ, रमेश गिरी, विजय भुजेल, खम्बासिंह महतलगायत रहेका छन् ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य सिताराम तामाङले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । उनले पार्टीले सशस्त्र विद्रोहको कार्यनीति लिएकाले त्यसका लागि तयार रहन निर्देशन दिए ।

त्यसैगरी जिल्ला पार्टीका संयोजक रुद्र साम्पाङले पार्टीको नीति कार्यक्रम र विधानलाई पालना गर्दै अगाडि बढ्न निर्देशन दिए । कार्यक्रममा जिल्ला सदस्यहरु विवि राई तथा भीम खड्का लगायतले शुभकामना दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर