क्यूवाका कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोको निधन

क्यूवाका कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोको निधन

fedel

काठमाडौं । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । क्युवाको सरकारी टेलिभिजनले उनको निधनको पुष्टि गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । क्यास्ट्रोलाई क्यूवामा कम्युनिष्ट क्रान्तिका नायक मानिन्छ । फिडेल क्यास्ट्रोले करिब आधा सताब्दी क्युवालाई एक पार्टी पद्धतिमा चलाए । उनले सन् २००८ मा भाइ राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए ।

fidel

उनको जन्म १९१३ अगष्ट १३ मा भएको थियो । उनका ९ सन्तान रहेका छन् । उनको मृत्यु स्थानीय समय अनुसार रातको साढे दश बजे भएको भाइ राहुल क्यास्ट्रोले जनाएका छन् । उनको अन्तिम संस्कार शनिबार गरिनेछ । २००८ सालमा गम्भीर विरामी भएपछि उनले राष्ट्रपतिको पदमा कान्छो भाइ राहुललाई हस्तान्तरण गरेका थिए । उनी अमेरिकी साम्राज्यवादविरोधी कम्युनिष्ट नेताको रुपमा विश्वभर स्थापित छन् ।