एजेन्सी । तपाईले संसारका केही चर्चित सेलिब्रेटीका गोप्य दस्तावेजदेखि नग्न तस्बिरहरु समेत चोरी भएको थाहा पाउनु भएको छ । कतिपय अवस्थामा त प्रश्न उठ्छ कि यस्ता सामग्रीहरु कतै आफै लिक गराएका त हैनन् ?
तर संसारका कुनै ह्याकिङ कम्पनीका कर्मचारीलाई लक लागेको स्मार्टफोनबाट डाटा निकाल्नका लागि सेकेण्डको सयम काफी हुन्छ ।
इजरायलको कम्पनी सेलेब्राइटको टेक्नोलोजी वैश्विक सुरक्षा एजेन्सीलाई पर्याप्त सम्भावना पनि उपलब्ध गराउँछ । तर अघिकारकर्मीहरुले यसलाई लिएर चिन्ता जनाएका छन् ।
कम्पनीका ११५ भन्दा बढी अनुबन्ध रहेको छ । यसमा केही सरकारसँगै अनुबन्ध छ । गत मार्चमा यस कम्पनीको लोकप्रियता ह्वात्तै बढेको थियो, जब एफबीआईले क्यालिफोर्नियाको सन बर्नार्डिनोमा जिहादीप्रेरित एक आक्रमणकारीको आईफोन क्र्याक गर्नका लागि यसको प्रयोग गरिएको थियो ।
यसपछि सेलेब्राइट त्यसमा सामेल नभएको खबर पनि आयो । कम्पनीले भने यसबारेमा बोल्न अस्वीकार गर्यो । यसका बाबजुद यस कम्पनीले प्रविधिको क्षेत्रमा वैश्विक नेतृत्वकर्तामा एक मानिएको छ ।
यस कम्पनीले प्राविधिक उपकरणमार्फत विभिन्न सूचना निकाल्न सक्छ । यी सूचनामा म्यासेजदेखि लिएर कुनै समयमा कुनै व्यक्तिले भनेको विभिद जानकारी समेत हुन सक्छ ।
कम्पनीका कार्यकारी लिओर बेन पेरेत्जले भनेका छन्, ‘यस्तो कुनै उपकरण छ, जसको माध्यमबाट विश्वभर अनलक गर्न सकिन्छ । सेलेब्राइटको प्रविधि अनलाइन ह्याकिङ होइन । यसले त्यसबेला काम गर्छ, जब फोन कम्पनीको कुनै उपकरणसँग जोडिन्छ ।’