ओटावा । क्यानडामा जनताको भोटका आधारमा राष्ट्रि पंक्षी चयन गरिएको छ । हजारौं जनताको भोटका आधारमा क्यानडामा ‘ग्रे जे’ लाई राष्ट्रिय पंक्षी घोषित गरिएको हो ।
राष्ट्रिय पंक्षीको चुनावका लागि अनलाईन भोटिङ गराइएको थियो । क्यानडामा हाँसलाई राष्ट्रिय पंक्षी बनाउनुपर्ने आवाज पनि बलियो थियो । पंक्षी वैज्ञानिक समेत सहमत थिए ।
तर रोयल क्यानेडियन जियोग्राफिकल सोसाइटी (आरसीजीएस) ले राष्ट्रिय पंक्षी चयनका लागि करिब १ वर्ष लगातार खोज गरेको थियो ।
क्यानडामा राष्ट्रिय पंक्षीका लागि करिब ५० हजारले अनलाईनमार्फत आफ्नो मत हालेका थिए । यो प्रतिस्पर्धामा पाँच वटा पंक्षीलाई अन्तिम सूचमा आरसीजीएसले राखेको थियो ।
राष्ट्रिय पंक्षीको चनावका लागि पर्यावरण मन्त्री क्याथरिन मकैनाको सहभागितामा राष्ट्रिय स्तरको छलफल नै गराइएको थियो ।